तुलसीपुरमा शर्पदंशबाट दुई जना विरामी

तुलसीपुर ३२ असार । तुलसीपुरमा शर्पदंशबाट दुई जना बालक विरामी भएका छन् ।। विरामी हुनेमा तुलसीपुर ८ अश्वारा निवासी ११ वर्षिया अनिता विक र ४ वर्षिय झपेन्द्र विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनीहरुलाई सोमवार विहान ७ वजेतिर घरमै खेलिरहेको अवस्थामा शर्पले डसेको थियो ।

उनीहरुलाई राप्ती अन्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज रिफर गरीएको ईपाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसि प्रकास सापकोटाले जानकारी दिएका छन् । दुई बालकलाई डस्ने शर्पलाई पनि नियन्त्रणमा राखीएको बताईएको छ ।

प्रकाशित मिति : २०७५ असार ३२ गते सोमवार
प्रतिक्रिया