तुलसीपुर , २९ असार । तुलसीपुरमा फेरी अर्को नास्ता पसल सन्चालनमा आएको छ । तुलसीपुरको विपिचोक नजिकै क्याफे क्यालेण्डर एण्ड बर्कर हाउस सन्चालनमा आएको हो ।हाउसको शुक्रवार एक कार्यक्रमका विच उद्घाटन गरीएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विरेन्द्र शाहले पसलको एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । आधुनिक सुविधा सम्पन्न हाउसमा विभिन्न प्रकारका परिकारहरु पाईने हाउस सन्चालक झलक केसीले जानकारी दिएका छन् ।
झन्डै २० लाख बरावरको लगानीमा उक्त हाउस सन्चालनमा ल्याईएको हो । हाउसमा विशेषगरी बर्करलाई आकर्षणको रुपमा रहेको अर्का सन्चालक भुपेस डाँगीले जानकारी दिएका छन् । साथै एसी सहितको हल कोठा र नास्ताको हामडेलिभरी सेवा भएको हाउस सन्चालकले बताएका छन् ।
प्रकाशित मिति : २०७५ असार २९ गते शुक्रवार