सिन्धुपाल्चोकमा जिप दुर्घटना , मृत्यु हुनेको संख्या पाँच पुग्यो

दाङ,२९ असार ।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । गएराति साढे ८ बजेतिर पाचँपोखरी थाङपालगाउँपालिकाको धापबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जिपथाङपालकोट र थाङपालधापको सिमाना फ्याफुल्ला डाँडामा स्टार्ट बन्द भएपछि करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरी र स्थानीयबासिन्दाले घाइतेहरुको उद्धार गरेकाथिए । इलाकाप्रहरी कार्यालय मेलम्चीकाअनुसार दुर्घटनामा परि भोताङका ७५ बर्षिय भिमबहादुर तामाङ, भोताङकै ५५ बर्षिया जयरामीतामाङ र ५३ बर्षिया नानीतामाङको घटना स्थलमै र ५६ बर्षिय बोधोम तामाङ र २५ बर्षिया सुनमायातामाङको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७५ असार २९ गते शुक्रवार
प्रतिक्रिया