तुलसीपुरका किसानलाई १८ हजार विरुवा वितरण

तुलसीपुर,२९ असार ।
तुलसीपुर उप महानगरपालिका अन्तर्गत कृषि विकास शाखा कार्यालयले किसानलाई विभिन्न प्रजातिका १८ हजार फलफूलका बिरुवा निःशुल्क रुपमा वितरण गरेको छ । कृषि विकास शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक केसीका अनुसार उपमहानगरका १९ वडाका किसानलाई बिरुवा वितरण गरेको हो । पहिलो लटमा १३ हजार ६ सय ८७ विरुवा वितरण गरिएको थियो ।

यस्तै दोस्रो लटमा किसानका माग अनुसार ११ हजार ८ सय विरुवा ल्याईएको छ । यसमा पाँच हजार विरुता वितरण गरिएको जनाईएको छ । आफूले उत्पादन गरेका बिरुवा अपुग भएपछि कार्यालयले कृषि अनुसन्धान केन्द्र धनकुटा, सल्यान लगायतका जिल्लाबाट ल्याई वितरण गरिरहेको केसीले बताउनुभयो ।

वडा कार्यालयबाट सिफारिश लिएर आउने किसानलाई प्रति किसान २५ वटा बिरुवाका दरले निःशुल्क रुपमा वितरण गरिँदैआएको छ । वितरण गरिएका बिरुवामा सबैभन्दा बढी कागती, कटहर, अमला, लिची, अनार र अम्बा रहेका छन् ।  तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेले केहि दिन अघि किसान लाई विरुवा वितरण गर्दै कार्यक्रमको सुरुवात गरेका थिए ।

प्रकाशित मिति : २०७५ असार २९ गते शुक्रवार
प्रतिक्रिया