दुर्घटना रोक्न तुलसीपुरमा छलफल

ओपेन्द्र बस्नेत
तुलसीपुर, २८ असार / नमस्कार म छवि परियार संगित नगर टोलविकास संस्थाको सचिव । सहभागीले खचाखच भरिएको सभाहलको बिचबाट उठेर भने ‘ तुलसीपुर घोराही सडक र तुलसीपुर पश्चिम सडकमा चल्ने यात्रुवाहक सवारी साधनले मान्छे तानेर गाडीमा हाल्छन् । दुईजना संगै हिडेको बेलामा सहचालकले श्रीमानलाई एउटा गाडिमा र श्रीमतीलाई अर्को गाडीमा ताना–तान गरेर लैजान्छन, व्याग झयालबाट भित्र छिराउछन् । श्रीमती खोज्न आउँदा गाडीले पछाडीबाट हान्ला भन्ने डर ।’
तुलसीपुर उपमहानगरपालिकाले सवारी दुर्घटना न्युनिकरणका विषयमा बुधबार तुलसीपुरमा चलाएको छलफलमा अधिकांस सहभागीले बढ्दो सवारी चाप, जिर्ण सडक, अव्यवस्थीत सवारी पार्कीङका कारण बजार आएको मान्छे घर फर्किन्छकी फर्कीदैन भन्ने डरत्रास हुन थालेको गुनासो गरे ।
‘गाडी चलाउन नजाने पनि १५ हजारमा लाइसेन्स (सवारी चालक अनुमति पत्र प्राप्त हुन्छ, अर्का सहभागी दिपक वलीले भने, ‘त्यस्ताले यात्रु नमारे कस्ले मार्छ ? त्यसकारण लापर्वाही तवरले गाडी चलाउने र मापसे गर्नेलाई कडा कार्वाही गर्नुपर्छ ।’
तुलसीपुर क्षेत्रमा सवारी दुर्घटना बढ्न थालेपछि यसको न्युनिकरणका लागि उपमहानगरपालिकाले सरोकारवालासंग छलफल चलाएको हो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका – ५ का वडा अध्यक्ष बिरेन्द्र शाहले चालक र समितिको लापर्वाहीले सवारी दुर्घटना बढेको बताए । तुलसीपुर बजार क्षेत्रलाई तिब्र गति र हरण निषेधित क्षेत्र घोषणा गरेपनि चालक र समिति तथा प्रालीको अटेरी पनका कारण कार्यान्वयनमा आउन नसकेको अध्यक्ष शाहले बताए । छलफलमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुरबाट छुट्ने र आउने गाडीमा टाइम(समय) कार्डको व्यवस्था गर्ने, जिपिएस प्रणाली जडान र दुर्घटना न्युनिकरणका लागि कार्यदल गठन गरेर अघि बढ्ने बताए । मेयर पाण्डेले भने ‘तुलसीपुरलाई हामी व्यवस्थीत गर्दैै छौ । अब देखि जिपिएस प्रणाली जडान नभएका सवारी साधनलाई समेत ढुङ्गा, बालुवा, गीट्टी उत्तखन गर्न पनि दिदैनौ, उपमहानगरपालिको मापदण्डमा नआउने सवारी साधनलाई जरीवाना गछौ व्यथेति मच्चाउन दिदैनौ ।’

सो अवसरमा यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरका प्रमुख मीत्रलाल ढकाल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटा, राप्ती अंचल सार्वजनिक वस समितिका अध्यक्ष सुरेश हमाल, राप्ती यातायात सेवा प्रालीका अध्यक्ष बिनोद शर्मा, वडा नं ६ का वडाध्यक्ष नवराज लामीछाने, मालिकाकालिका प्रालीका रम्बा वली, ट्रेक्टर समितिका चिन्तामणी आचार्य, पत्रकार सरद रेग्मी, बंशीकुमार शर्मा लगाएतले आ–आफना जिज्ञासा राखेका थिए ।

 

 

 

प्रकाशित मिति : २०७५ असार २८ गते बिहिवार
प्रतिक्रिया