तुलसीपुर,२८ असार ।
जंगलि च्याउ खादा तुलसीपुरमा फेरी ६ जना विरामि परेका छन । उनिहरु सबै एकै घरका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । विरामि पर्नेमा तुलसीपुर ४ खाद्रे निवासि बर्ष ७८ कि दिलसरा बुढा मगर, उनका छोरा बर्ष ५१ का जोहारलाल बुढामगर, बुहारी बर्ष ५१ की भैलागि बुढामगर, नाति बर्ष १२ का एञ्जल बुढा मगर, नातिनीहरु बर्ष २० कि गिता बुढामगर र बर्ष ३१ कि राजकुमारी बुढा मगर रहेका छन ।
हिजो सांझ राप्ती अञ्चल अपस्तालमा सामन्य उपचार पछि उनिहरुलाई कोहलपुर रिफर गरिएको हो । यस अघि मंगलवार तुलसीपुर उपमहागनरपालिका – १ भमके निवासी ५२ बर्षका होताराम भण्डारी, उनँकी श्रीमती खगी भण्डारी र १२ बर्षका छोरा टीकाराम भण्डारी विरामी परेका थिए । उनिहरुको नेपालगञ्जमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ असार २८ गते बिहिवार