आईडिएल स्कुलमा इन्ट्रयाक्ट क्लब गठन

असार २७, तुलसीपुर ।

रोटरी क्लब अफ तुलसीपुर सीटीले आईडिएल इंगलिश सेकेन्डरी स्कुल तुलसीपुरमा रिया धितालको अध्यक्षतामा १५ सदस्यीय इन्ट्रयाक्ट क्लब गठन गरेको छ । क्लबको उपाध्यक्षमा समिक्षा धिताल, सचिवमा एलिश वली, कोषाध्यक्षमा उमा केसी र सहसचिवमा सुबी केसी चयन हुनु भएको छ ।

कार्यक्रम रोटरी क्लब अफ तुलसीपुर सीटीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता एवं आईडिएल इंगलिश सेकेन्डरी स्कुलका प्राचार्य रेघु केसीको प्रमुख आतिथ्यतामा भएको थियो । क्लबका निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा श्रेष्ठले इन्ट्रयाक्ट क्लबको बारेमा जानकारी गराउनु भएको थियो भने पूर्व अध्यक्ष बिमल रिजालले सामाजिक काममा हातेमालो गर्न उमेरले नछेक्ने भन्दै पढाईको साथसाथै रोटरीले गर्ने हरेक गतिबिधीमा प्रतिवद्ध भएर लाग्न नबगठित इन्ट्रयाक्ट कार्यसमितीलाई सुझाव दिनु भएको थियो ।

प्रमुख अतिथी केसीले नवगठित क्लबका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिंदै सामाजिक कार्यमा स्कुलले सधै साथ दिनेछ भन्दै सक्रिय भएर लाग्न आग्रह गर्नुभएको थियो । यसैबिच रोटरी क्लब अफ तुलसीपुर सीटीले आईडिएल स्कुलमै “फोर वे टेष्ट“ बोर्ड बितरण गरेको छ । बोर्ड बितरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले सफलता प्राप्तीमा कुनै कुरा बोल्दा अरुलाई कस्तो प्रभाव पर्छ भन्ने कुराको हेक्का राख्नुपर्ने बताउनु भयो ।

उहाँले आफूले गर्ने कामबाट कसैमाथि अन्याय हुन नहुने भन्दै सबैको हित हुने काम मात्रै गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ, भाबी अध्यक्ष देव बहादुर केसी, कोषाध्यक्ष सन्दिपन रिजाल, पब्लिक रिलेसन चेयर रसिल थापा, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्मा, महासचिव गणेश बस्नेत लगाएतको सभागिता थियो । कार्यक्रमको सहजीकरण क्लबका महासचिब बिनिल केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ असार २७ गते बुधवार
प्रतिक्रिया