जंगली च्याउ खाँदा एकै घरका तीन जना गम्भिर बिरामी

तुलसीपुर, २७ असार

दाङको तुलसीपुरमा जंगली च्याउ खाँदा एकै घरका तीन जना गम्भिर बिरामी परेका छन् । बिरामी पर्नेमा तुलसीपुर उपमहागनरपालिका – १ भमके निवासी ५२ बर्षका होताराम भण्डारी, उहाँकी श्रीमती खगी भण्डारी र १२ बर्षका छोरा टीकाराम भण्डारी रहेको चिराघाट प्रहरी चौंकीका इन्चार्ज भरतनाथ योगीले जानकारी दिए । बिरामीको राप्ती अंचल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उचपारका लागि नेपालगंज रिफर गरिएको छ । मंगलबार दिउसो जंगलबाट खोजेर ल्याएको च्याउ बेलुकी पकाएर खाएको पत्रकार निराश पाण्डेले जानकारी दिएका छन् ।

 

 

 

प्रकाशित मिति : २०७५ असार २७ गते बुधवार
प्रतिक्रिया