तुलसीपुर, २७ असार ।
राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङको आयोजनामा प्रदेश नंं ५ र ६ का ढुवानी व्यवसायीहरुको भेला दाङमा सम्पन्न भएको छ । भेलाले समितिहरु नविकरणका लागि सरकार संग आग्रह गर्ने निर्णय गरेका छन । दुई वटा प्रदेशका ७ संस्थाका अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहभागी रहेको भेलामा बोल्ने वक्ताहरुले सरकारले साउन देखि समिति नविकरण नगर्ने निर्णय संगै व्यवसायीहरु मर्कामा परेको गुनासो गरेका थिए ।
उनीहरुले यातायात व्यवसायीहरु मागलाई राज्यले उचित व्यवस्थापन नगरेकोमा चिन्ता समेत व्यक्तगरेका थिए । साथै वैठकले साउन १ गते देखि समिति नरहने भएकाले हाल लिदै आएको टिप शुल्क, हित कोष कुनै पनि नलिने र भइपरि आउने कुनैपनि दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द मजगैयाले जानकारी दिए ।
उनले संस्था नविकरण नगर्ने निर्णय संगै आफुहरु अवैधानिक हुने भन्दै कुनै पनि जिम्मेवारी आफुहरुले नलिने निर्णय गरेको बताए ।