शारदा नदिमा पुल नहुदा माल्नेटावासीले जोखिम मोल्दै

मिना बुढाथोकी , सल्यान २७ असार ।
जिल्लाको शारदा नगरपालिका १४ माल्नेटाका स्थानीय तथा विद्यार्थीलाई वर्षातको समयमा शारदा नदी वारपार गर्न निकै समस्या हुने गरेको छ । अदुवाका लागी विश्व प्रसिद्द स्थान माल्नेटा पुग्न बिचमा पर्ने शारदा नदीमा पुल नहुदा नदी वारपार गर्न कठिनाई हुने गरेको स्थानीयको भनाई रहेको छ ।

बर्षातको समयमा नदीको बहाव तीव्र हुने भएकाले खोलाले बगाउने खतराका कारण स्थानीय समस्यामा परेका छन । वर्षातको समयमा सबै भन्दा बढी समस्यामा भने विद्यार्थी लाई हुने गरेको छ । शारदा नदीमा पानीको बहाव बढदा मान्छेनै बगाएर लाने खतरा भएपनि निजि विद्यालयमा पढ्नका लागी शारदा नदी पार गरेर शिद्द कुमाख गाउँपालिकाको ढोरचौरमा पढ्न जानु पर्ने बाध्यता विद्यार्थीलाई रहेको छ ।

माल्नेटाबाट करिब एक घण्टाको दुरीमा रहेको शारदा नदी वार पार गर्न कठिन भएपछि स्थानीय लाई आप्mना छोराछोरीलाई विद्यालय पठाउन र ल्याउन जाने गर्छन् । स्थानीयका अनुसार सो नदी वारपार गर्न निकै कठिनाई हुने भएकाले झोलु¨ेपुलको व्यवस्था हुन सके केही राहत हुने थियो ।
वर्षातको समयमा नदी वारपार गर्न समस्या भएपछि स्थानीयले गर्दै आएको ब्यापार ब्यबसाय समेत फस्टाउन नसकेको र अदुवा उत्पादनको केन्द्रबिन्दु भएपनि बर्षामा गाडी आउन नसकेपछि अदुवा बिक्रि गर्न समस्या भएको माल्नेटाका स्थानीय ज्ञानदेब घर्तिले बताए ।
उनका अनुसार पुल नहुदा धेरै किसिमका समस्या रहेको छ । बर्षातको समयमा नदीमा पानी बढेमा बिरामीलाई खलंगा तिर ल्याउनु परे पानी घटदासम्म नदीको किनारमा बस्नु बर्ने बाध्यता हुने गरेको छ ।

यस्तै धेरै बर्षात भएमा बरला देखी माल्नेटा जाने बाटोमा समेत पक्की पुल नहुदा यातायातका साधन चलाउन समेत कठिनाई हुने गरेको छ । बर्षातको समयमा मोटरसाईकल डुवाउने मात्र नभई बगाउने खतरा भएपछि आवत जावत बन्द हुदा हिडनु पर्ने बाध्यता हुने गरेको स्थानीय दिपक भण्डारीले बताए ।

 

प्रकाशित मिति : २०७५ असार २७ गते बुधवार
प्रतिक्रिया