रोल्पाका दिलबहादुर बचाउन ४० लाख संकलन

तुलसीपुर,२६ असार ।

ब्लड मनी तिर्न नसकेर साउदी अरबको जेलमा रहनुभएका रोल्पाका दिलबहादुर घर्ती मगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट आठ लाख रुपैयाँ संकलन भएको छ ।

आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारी मगरको नेतृत्वमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, एनए मिडियालगायत साउदीमा रहेका नेपालीहरुले दिलबहादुर घर्तीको जीवन रक्षाका लागि आठ लाख २७ हजार एक सय १८ रुपैयाँ संकलन गरेका हुन् ।

साउदी अरबमा संकलित रकम नेपाल मगर संघले आज पत्रकार सम्मेलन गरेर ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लड मनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरेको छ । ६५ लाख जम्मा गर्नुपर्नेमा मूल समितिको नाममा खोलिएको खातामा ४० लाख रकम जम्मा भएको छ । सोमबार साउदी अरबबाट प्राप्त रकमसहित बैंक खातामा ४० लाख पुगेको मनिका बुढाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५ असार २६ गते मङ्गलवार
प्रतिक्रिया