प्रदेश ५ को नाम र राजधानी तोक्न सांसदको आग्रह

तुलसीपुर,२५ असार ।
प्रदेशसभा ५ को प्रदेशसभा बैठकमा सांसदहरुले प्रदेशको नाम र राजधानी तोक्न आग्रह गरेका छन् । सोमबारको बैठकमा सांसदहरुले प्रदेशको नामाकरण र राजधानी तोक्न ढिलाई गर्न नहुने बताएका हुन् । सांसद भूमेश्वर चौधरीले राजधानी नतोक्दा प्रदेश ५ सुकुम्बासीजःतै भएको टिप्पणी गरे ।

सांसद अष्टभुजा पाठकले सरकारलाइ प्रदेशको नाम र राजधानी राख्न के को डर छ भनी प्रश्न गरे । सांसद धर्मबहादुर लाल श्रीवास्तबले प्रदेशको राजधानी कपिलवस्तुको तिलौराकोटमा राख्नुपर्ने धारणा राखे ।।

प्रकाशित मिति : २०७५ असार २५ गते सोमवार
प्रतिक्रिया