तुलसीपुर, २५ असाढ
तुलसीपुर उपमहानगरपालिकाले एक बर्षलाई उत्साह र सिकाईको बर्षको रुपमा लिएको छ । सोमबार तुलसीपुर उपमहानगरपालिकामा आयोजना गरिएको समिक्षात्मक कार्यक्रममा यस्तो जानकारी गराईको हो । उपमहानगरमा जनप्रतिनिधि आएको ३ सय ६५ दिन पुगेको भन्दै जनताको माझमा पुग्ने गरी विभिन्न ८१ वटा काम गरेको नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।
उपमहानगरपालिकाले मातृशिशु सुरक्षा कार्यक्रम र सुरक्षित आवास कार्यक्रमलाई लोकप्रिय कार्यक्रमका रुपमा अघि सारेको । नगर प्रमुख घनश्याम पाण्डेका अनुसार नवजात शिशु र गर्भवति महिलालाई लक्षित गरेर ल्याइएको कार्यक्रमबाट एक हजार पाँच सय वढि सुत्केरी आमाहरुको अनुहारमा खुसीयाली छाएको छ ।
सुत्केरी महिलाहरुलाई दिइने पाँच हजार भत्ताबाट नवजातु शिुश र आमाका लागि न्यानो कपडाका साथै पोषिलो खानेकुरामा सहयोग पुगेको बताइएको छ ।
त्यसैगरी जनतालाई सुरक्षित आवासको व्यवस्था अन्र्गत खरको छाना (फुस) हटाएर टिनको छाना वितरण गर्नेे कार्यक्रमबाट ५ सय वढि जनताको घरमा खर हटेर टिनको छानो लगाईको छ । यो कार्यक्रमलाई संघीय सरकारले समेत सिको गरेर कार्यक्रम अघि सारेको उपमहागनरपालिकाले दाबी गरेको छ । उपमहानगरपालिकाले स्वास्थ्य सेवाबाट वञ्चित रहेका ठाउँमा एक वर्षको अवधिमा ८ वटा स्वास्थ्य नगर केन्द्र र एउटा एमविविएस डक्टर सहितको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरेको प्रतिवेदनमा उल्लेख छ । यो कार्यक्रमले जनताको स्वस्थ रहने अधिकार रक्षाका लागि विशेष भुमिका खेल्ने निश्कर्षमा उपमहानगरपालिका पुगेको छ ।
समिक्षात्मक कार्यक्रममा तुलसीपुर क्षेत्रका सरोकारवाला निकायका प्रमुखहरुले जनताको मन जितेर अघि बढ्न सुझाएका थिए । काम गर्ने क्रममा विभिन्न कठिनाई र चुनौतिहरु आइ पर्ने भन्दै त्यसको सामना गरेर अघि बढ्नु पर्ने उनिहरुले बताए । जनप्रतिनिधि प्रति जनताको गुनासाका चाङ भए पनि केहि महत्वपूर्ण परिवर्तन मुखी कामले आशा गर्ने प्रशस्त ठाउँ रहेको बताए ।
सो अवसरमा नेकपाका नेता द्धोय शोभाराम वस्नेत, टिकाराम खड्का, नेपाली काँग्रेसका नेता सुरेन्द्र खड्का, संघीय इकाइ प्रहरी कार्यालयका एसएसपी दिलिप चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, तुलसा वुढा , राप्ती ववई वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण रेग्मी, लगाएतले बोलेका थिए । प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रमको सहजीकरण प्रेस संयोजक वसन्त आचार्यले गर्नुभएको थियो भने अर्थ समितिको संयोजक माधव वलीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।