तुलसीपुर,२५ असार ।
यस बर्षको तीन महिनामा बाढी पहिरोका कारण ४२ जनाको मृत्यु भएको छ । ५ जना अझै बेपत्ता रहेका छन् । बैशाखपछि पछि आएको बर्षा, बाढी र पहिरोका कारण ४२ जनाको मृत्यु भएको गृहमन्त्रालय विपत पुर्व तयारी तथा प्रतिकार्य शाखाका शाखा अधिकृत प्रतिक लामाले जानकारी दिनुभयो ।
बाढी पहिरोबाट हुन सने क्षति कम गराउनको लागि तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । बाढी पहिरोका कारण ५ करोड भन्दा बढीको क्षती भएको आकलन गरिएको पनि गृहमन्त्रालयले जनाएको छ । प्रदेश नम्बर २ जिल्लाहरुमा ७ हजार नागरिक डुवानमा परेका छन् ।
प्रकाशित मिति : २०७५ असार २५ गते सोमवार