युएईमा तिज विशेष कार्यक्रम हुने

गेहेन्द्र खड्का , युएई २४ असार ।
दाङ देउखुरी समाज, प्युठान स्वर्गद्वारी सेवा समाज र अन्तर्राष्ट्रिय रोल्पाली समाज युएईको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम हुने भएको छ । ‘को पुर्बेली को पश्चिमेलि हामी सबै नेपाली,नेपालीको पहिचान कला सस्कृतिको सम्मान’ भन्ने नाराका साथ कार्लटन टावर देरा दुवईमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा भर्खरै मात्र बजारमा आएको बोल माया भन्ने बोलको गित गाएर झनै चर्चामा रहेकी नेपाली ख्यति प्राप्त गायिका शान्ती श्री परियार,दिपु मगर,मेक्सम खाती र पत्रकारितामा रहदा विभिन्न स्टेज कार्यक्रम सञ्चालन गर्दै कलाकारितामा उदाउदै गरेका युवा गायक गेहेन्द्र खड्काको विशेष प्रस्तुती रहने छ ।

आउदो सेप्टेम्बर ७ तारीखमा दुवईमा हुने कार्यक्रममा स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने सास्कृतिक समितीका सँयोजक डिलाराम वलिले जानकरी दिनुभयो ।

प्रकाशित मिति : २०७५ असार २४ गते आइतवार
प्रतिक्रिया