प्रदेश ५ को विश्वकर्मा समाज गठन

तुलसीपुर २४ असार । एकिकृत नेपाल राष्टिय विश्वकर्मा समाजको शनिवार तुलसीपुरमा सम्पन्न भएको प्रदेश नम्वर ५ स्तरिय भेलाले ५ जना सदस्य पछि थप गर्ने गरी मान बहादुर विश्वकर्मा(गोल्डस्मिथ) को संयोजकत्वमा १७ सदस्यिय तर्दस्थ समिति गठन गरीएको छ ।

जसको सहसंयोजकमा आईतराम विश्वकर्मा, सचिवमा खेमराज विश्वकर्मा, कोषाध्यक्षमा खड्ग बहादुर विश्वकर्मा रहेका छन् । यस्तै सदस्यहरुमा युवा करारा, जानकी विश्वकर्मा, सन्तोष चनारा, लोकराज विश्वकर्मा, कमल सुनार, हरि बहादुर विश्वकर्मा र हिम बहादुर सुनार रहेका छन् । नव निर्वाचित प्रदेश संयोजकलाई समाजका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद विश्वकर्माले शपथ खुवाउनु भएको थियो अन्य पदाधिकारीहरुलाई प्रदेश संयोजकले शपथ खुवाउनु भएको थियो ।

 

प्रकाशित मिति : २०७५ असार २४ गते आइतवार
प्रतिक्रिया