जातिय विभेद अन्त्य गरिनुपर्छ: सभामुख घर्ति

तुलसीपुर,२३ असार ।

पाँच नम्बर प्रदेशका सभामुख पुर्ण घर्तिले जातिय छुवाछुत समाजिक विभेदका रुपमा रहेको बताएका छन् । एकीकृत नेपाल राष्टिय विश्वकर्मा समाज काठमाडौको आयोजना तथा विश्वकर्मा समाज जिल्ला समन्वय समिति दाङको सह आयोजनामा आज तुलसीपुरमा भएको प्रदेश नम्वर ५ स्तरिय विश्वकर्माा समाजको भेलाको उद्घाटन गदै सभामुख घर्तिले यस्तो बताएका हुन् ।

उनले विगतमा समाजिक विभेद र राजनितिक विभेद अन्त्यका लागी ठुलो संघर्ष र आन्दोलन गर्नुपरेको बताउदै त्यसैको फलस्वरुप अहिलेको सविधानले दलित समुदायलाई राज्यको हरेक निकायमा अनिवार्य उपस्थितिको व्यवस्था गरेको बताएका छन् । नेपालमा पहिलो पटक संघियताको अभ्यास गरी तिन तहको सरकार गठन गरेको बताउदै स्थानिय देखी केन्द्र सरकारको समुन्नती र सफलताको लागी विश्वकर्र्मा समाजको महत्वपुर्ण योगदान रहने सरकारले अपेक्षा गरेको उनको भनाई छ ।

साथै उनले तिनै तहको कानुन बनाउन बाकी रहेको बताउदै असोज सम्म एक सय कानुन बनाउने तयारी रहेको बताएका छन् । उनले २०३६÷३७ सालमा आन्दोलन भएको स्मरण गदै त्यतिबेला आमुल परिवर्तनको निम्ति आवाज उठाउदै जादा जनवर्गिय र जातिय विभेद अन्त्य गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर नगर भित्र समाज रहेका कुनै पनि विभेद ,अन्याय, सामाजिक विभेदलाई भत्काउने बताएका छन् । समाजका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेताहरु खुसीराम चौधरी,मान बहादुर विश्वकर्मा,नेपाल दलित संघ दाङका सहसचिव खेमराज विश्वकर्मा,समाजका केन्द्रिय निवर्तमान उपाध्यक्ष मिना स्वर्णकार, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य देवराज विश्वकर्मा लगाएतले बोलेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका समाजमा योगदान पु¥याएको भन्दै दुई दर्जन विश्वकर्मा व्यक्तित्वहरुलाई सम्मान गरीएको छ । जस अन्र्तगत पत्रकारिता क्षेत्रमा रहेर कमल चलाएको भन्दै पत्रकार लक्ष्मण विश्वकर्मा, सविता सुनारलाई सम्मान गरीएको छ । यस्तैगरी स्वास्थ्यको क्षेत्रबाट डाक्टर सुरेस विक, सविता विश्वकर्मा , ईन्जिनियरको तर्फबाट ईन्जिनियर कृष्ण बहादुर विश्वकर्मा, अनिल सोनी, समाजीक क्षेत्रबाट देवराज विश्वकर्मा, मिना स्वर्णकार , युवा करारा, खेलकुद तर्फ मोहन स्वार्णकार, अमरनेपाली माईकल, संगितको क्षेत्रमा धनिराम विशवकर्मा, लेखराज विश्वकर्मा लगाएतलाई सम्मान गरीएको हो ।

समाज दाङका अध्यक्ष हिरालाल विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको वारेमा समाजका केन्द्रिय महासचिव भोजमान लाम्गादेले प्रकास पारेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मण विश्वकर्माले गरेका थिए । प्रदेश ५ का १२ जिल्लाबाट सहभागी विश्वकर्माहरुको भेलाले प्रदेश स्तरिय विश्वकर्मा समाज गठन गर्ने आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०७५ असार २३ गते शनिवार
प्रतिक्रिया