देशभरका धेरै ठाउँमा आज पनि बर्षा हुने

दाङ, २२ असार । उपत्यकासहित देशभरी कै मौसम अहिले बदली भएको छ । आज देशभरका धेरै ठाउँको मौसम बदली हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा अलि तल सरेकाले हिजो अःितको भन्दा कम पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज र भोलि हिजो अःितको भन्दा कम पानी परे पनि पूर्व र मध्य क्षेत्रको मौसम खुल्ने संभावना छैन । पश्चिमको मौसम भने आशिंक बदली हुने उहाँको अनुमान छ । देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसमविद् गंगा नगरकोटीको अनुमान छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै धरानमा १ सय १६ दशमलव ९ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच बाढी पूर्वानुमान शाखाले आज र भोलि मुख्य नदी जलाधारमा बाढीको ठूलो बाढीको जोखिम नरहेको जनाएको छ ।तर पर्सि कन्काई, कोसी, कमला र बागमतीलगायतमा नदीमा बाढी आउँने संभावना भएको भन्दै पूर्व तयारी गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७५ असार २२ गते शुक्रवार
प्रतिक्रिया