पुनः केन्द्र सार्ने शान्तिनगर गाउँपालिकाको निर्णय

 

तुलसीपुर, २१ असाढ 

उच्च अदालत तुलसीपुर दाङले शान्तिनगर गाउँपालिकाको केन्द्र नसार्ने आदेश दिएको भोलीपल्ट गाउँसभाले पुनः दोस्रो पटक केन्द्र सार्ने निर्णय गरेको छ ।  बिहिबार सम्पन्न चौथौ गाउँसभाको बहुमत सदस्य (३०जना) ले गाउँपालिकाको केन्द्र ४ नम्बर वडाको जुम्लेकुलामा सार्ने निर्णय गरेको हो । केन्द्र नसार्ने निर्णयको विपक्षमा सात जना सदस्यले असहमति जनाएका थिए । यस अघि १४ पौष २०७४ मा बसेको दोस्रो गाउँसभाले शान्ति सामुदायिक वनको पाँच विगाह वन क्षेत्रमा सार्ने निर्णय गरेको थियो । एक दिन पछि मात्रै केन्द्र सार्ने निर्णय गरेकाले उच्च अदालतले निर्णय खारेज गरेको भन्दै अब गाउँपालिका, सरकार मार्फत अघि बढ्ने गाउँपालिका अध्यक्ष कमानसीङ डाँगीले बताए ।


‘हामी आफैमा स्थानीय सरकार हौं,’ अध्यक्ष डाँगीले भने , ‘आज हामीले दोस्रो पटक निर्णय गरेर यसको प्रतिलिपि पाँच नम्बर प्रदेश हुर्दै संघियमा पठाउछौ । संघिय सरकारले निर्णय गरेर पठाए लगत्तै केन्द्र सार्छौ ।’
त्यसैगरी गाउँसभाले आर्थिक विद्ययक, निति तथा कार्यक्रम, विनियोजन विद्ययक, र आर्थिक बर्ष २०७५÷२०७६को बजेट २८ करोड, ७८ लाख १६ हजार पारित गरेको छ । जसमध्य पुँजिगत तर्फ २४ करोड, १८ लाख १६ हजार र चालु तर्फ ४ करोड, ६० लाख बजेट विनियोजन गरिएको छ । सबै भन्दा बढी, विकास तर्फ गौरबका आयोजना शिर्षकमा २ करोड ५० लाख विनियोजन गरिएको छ । त्यस्तै स्वास्थ्यमा ६० लाख, शिक्षामा ६० लाख, पशुमा २५ लाख, कृषीमा ६० लाख, महिला तथा बालबालिका तर्फ ७ लाख र समपुरक कोष तर्फ ४० लाख बजेट छुट्याइएको छ ।

 

 

 

प्रकाशित मिति : २०७५ असार २१ गते बिहिवार
प्रतिक्रिया