
तुलसीपुर, ३ फागुन । दाङको तुलसीपुरमा रहेको त्रिदेव सेकेण्डरी इङ्लिस बोर्डीङ स्कुलको २९औं वार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ । तुलसीपुर–७ श्रीगैंमा रहेको त्रिदेव बोर्डीङ स्कुलले स्थापनाको आज २९ बर्ष पुरा भएको अवसरमा एक भव्य समारोहकाबिच वार्षिक उत्सव मनाएको हो । विद्यालयका प्रिन्सीपल मनोज हमालको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर–७ का वडाअध्यक्ष राम बहादुर जिसीले शिक्षा क्षेत्रमा त्रिदेव बोर्डीङ स्कुलले महोत्वपुर्ण उपलब्धी हासिल गरेको बताउनुभयो । अभिभावक, विद्यार्थी र शिक्षकहरुको लगनसिलताकै कारण २९ बर्षको अवधीमा त्रिदेव बोर्डीङ स्कुल धेरै विद्यार्थीको राजाईमा पर्न सफल भएको भन्दै उहाँले अझै यसलाई अगाडी बढाउने कुरामा आफ्नो पनि साथ रहने बताउनुभयो । त्रिदेव बोर्डीङले सबै जातजाती र भेषभुषालाई समेट्दै अगाडी बढिरहेकोमा खुसी व्यक्त गर्दै वडाअध्यक्ष जिसीले मौलिकता संरक्षणमा स्कुलले खेलेको भुमिका सान्दर्भीक रहेको बताउनुभयो ।
आगामी दिनमा अभिभावकहरुको विस्वास टुट्न नदिने गरी शिक्षण सिकाई कृयाकलापहरु अगाडी बढाउन आग्रह गर्दै उहाँले त्रिदेव बोर्डीङ कतैपनि नअल्मलाएर अगाडी बढ्ने विस्वास व्यक्त गर्नुभयो । सो अवसरमा विभिन्न विद्यालय प्रधानाध्यापक तथा प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । उनीहरुले विद्यार्थीहरु भविष्यका गहना भएको भन्दै किताबी ज्ञान सँगसँगै जविनउपयोगी शिक्षामा जोड दिनुपर्ने बताएका थिए । विद्यार्थी अभिभावकलगाएतको उपस्थीती रहेको कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो । सहायक प्रिन्सीपल पदमा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लेखापाल सन्दिप वलीले गर्नुभएको थियो ।।