पर्खाल भत्कीदा एक नाबालक सहित ३ जनाको मृत्यु

रोल्पा ,१८ असार ।

रोल्पामा आज विहान पर्खाल भत्कीदा च्यापिएर एक नाबालक सहित ३ जनाको मृत्यु भएको छ । जिल्लाको रूण्टीगढी गाउपालीका ५ सैबाङमा अबिरल बर्षा पछी स्थानिय अशोक घर्तीको पर्खाल भत्किदा भान्षा कोठा पुरिदा च्यापिएर मृत्यु भएको हो । ढुङ्गा माटोले बनेको पर्खाल भत्किएर कच्ची भान्षा घरले च्यापिदा राज कुमार बि।क।को श्रीमती २२ बर्षीया कमला बिक,१८ दिन कि छोरी आयुषा र स्थानिय १५ बर्षीया चित्रा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रशाद फुयालले जानकारी दिनु भएको छ ।

सुत्केरी कमलाले नाबालक छोरीलाइ आगोमा सेकाउदै गर्दा घटना भएको हो । च्यापिएर गम्भीर घाइते कमलाको उपचारकोलागी प्राथामिक स्वास्थ्य केन्द्र होलेरी लैजादै गर्दा बाटोमै र २ जनाको घटना स्थलमै मृत्यु भएको प्रहीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ असार १८ गते सोमवार
प्रतिक्रिया