हापुरे खानेपानिले मासिक महशुल घटायो

अर्जुन परियार, हापुरे १८ असार ।

हापुरे खानेपानि तथा सरसफाई उपभोक्ता समिती बबई गाउँपालिका ४ र ५ ले खानेपानिको मासिक सुल्क घटाउने निर्णय गरेको छ । हापुरे खानेपानि तथा सरसफाई उपभोक्ता समितीको नबनिर्बाचित पदाधिकारीको बैठक बस्दै यस अघि खानेपानिको मासिक न्यूनतम महसुल १०० बाट घटाएर ७० रुपैया बनाएको छ ।

समितीको बैठकले चेकमा कुनै एकको सिग्नेचर चल्ने अघिल्लो बिगठित समितीको निर्णयलाई उल्ट्याउदै ३ जनाको सिग्नेचर चल्ने गरि बैङ्किङ कारोबारोलाई सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

समितीका नबनिर्बाचित अध्यक्ष तिलाराम भण्डारीको अध्यक्षतामा हिजो बसेको बैठकले खानेपानि लाई ब्यबस्थीत तरिकाले सञ्चालन गर्न जिम्मेवारी बाडफाड तथा खानेपानिका पुर्ब कर्मचारी जिवन वली, सुन्दरी केसी र प्रेमबहादुर थापालाई अबकास दिदै नया कर्मचारीको ब्यबस्थापन गर्ने समेत निर्णय गरेको नबनिर्बाचित सचिब अन्जु घर्तीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७५ असार १८ गते सोमवार
प्रतिक्रिया