तुलसीपुर, १६ असार ।
रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ चयन हुनु भएको छ । तुलसीपुरमा भएको स्थापना दिवस तथा एघारौ पद हस्तान्तरण कार्यक्रममा श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष तुफानवावु श्रेष्ठले रोटरी चेन हस्तान्तरण गरेर श्रेष्ठलाई कार्यभार सुम्पनु भएको हो ।
सन् २०१८(१९ का लागि चयन भएको कार्यसमितिको भावी अध्यक्षमा देववहादुर केसी, प्रस्तावित अध्यक्षमा सुरेश हमाल, उपाध्यक्षमा यज्ञवहादुर केसी, शिव श्रेष्ठ र पवन योगी रहनु भएको छ । त्यसैगरी एकवर्षका लागि चुनिएको कार्यसमितिको महासचिवमा विनिल केसी, कोषाध्यक्षमा सन्दिपन रिजाल र सहसचिवमा दुर्गा बहादुर केसी रहनु भएको छ ।
त्यसैगरी डाइरेक्टरहरुमा राजिव वली, सुवोध शर्मा, रसिल थापा, मनोज बस्नेत, उज्जवल श्रेष्ठ, मर्यादापालकमा देवेन्द्र केसी र सम्पादकमा बिष्णु कुमारी केसी रहनु भएको छ । क्लबका निवर्तमान अध्यक्ष वीर बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डे, बिशिष्ठ अतिथी दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, रोटरी ईन्टर्नेशनल डिस्ट्रिक ३२९२ जोन १८ का असिस्टेन्ट गभर्नर कुशल तर्ताल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटा, तुलसीपुर नगर जेसिसका अध्यक्ष दिपेश भण्डारी, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्मा, क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ, बिमल रिजाल, बिजय केसी, ललित बहादुर घर्ती लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा रोटरी वर्ष २०१७(१८ को आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष तुफानबाबु श्रेष्ठले मायाको चिनो प्रदान गर्नु भएको थियो । क्लबका उपाध्यक्ष सुरेश हमालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सहजिकरण महासचिव सन्दिपन रिजालले गर्नुभएको थियो ।
सोही अवसरमा प्रमुख अतिथि तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई अध्यक्ष तुफानबाबु श्रेष्ठले रोटरी क्लब अफ तुलसीपुर सिटिको मानार्थ सदस्यता प्रदान गर्नु भएको थियो भने रोटरी पिन लगाएर पूर्व अध्यक्ष कुशल तर्तालले सम्मान गर्नुभएको थियो ।
साथै रोटरी फाउन्डेसनमा ३०० अमेरिकी डलर योगदान गर्नुभएका क्लबका पूर्व अध्यक्ष कुशल तर्ताल, बिजय केसी, अध्यक्ष तुफानबाबु श्रेष्ठ र कोषाध्यक्ष बिनिल केसीलाई उपस्थित प्रमुख अतिथी र बिशिष्ठ अतिथीहरुले पिएचएफ पिन लगाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा नवनिर्वा्चित अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले रोटरी वर्ष २०१८,१९ को आफ्नो कार्यकालमा गरिने कार्यहरुको संक्षिप्तमा प्रकाश पार्नु भएको थियो ।