दिप्तीशिखा चौधरी ,तुलसीपुर १६ असार ।
समृद्ध नेपाल निर्माणका लागि स्वस्थ कर्मठ र उधमी युवा भन्ने नाराका साथ सुरु भएको तीन दिने नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम आज दंगीशरण गाउँपालीका वडा न. ३ चखौरामा सम्पन्न भएको छ । समापन कार्यक्रममा बिभीन्न वडाका यूवाहरुले युवा सांसद सभामुख , राष्ट्रपती प्रधानमन्त्री, रक्षा मन्त्री,स्वास्थ्य मन्त्री,शिक्षा मन्त्री खेलकुद मन्त्री लगाएतका गरी युवा संसद गठन गरेका छन् ।
दुई दिने प्रशिक्षणात्मक कार्यक्रम पछि युवाहरुले आज यूवा मन्त्रीहरु ,सत्तापक्ष संसदहरु, प्रतीपक्ष दलका नेता , प्रतीपक्ष संसदहरुका बिचमा सभामुख पारस खड्काले दंगीशरण गाउँपालीकाको युवा निती नियमका बारेमा प्रधानमन्त्रीलाई प्रश्तुत गर्न आग्रह गर्नु भएको थियो । संसदमा दंगिशरण गाँउपाािकाको युवा बिकासका लागि बार्षिक नीति तथा कार्यक्रम २०७५÷०७६ प्रधानमन्त्री रमीता चौधरी ले प्रश्तुत गर्नु भएको थियो ।
संसद बैठकमा प्रधानमन्त्री रमीता चौधरीले हालसम्म यूवा बिकाशका सवालमा सरकारको तर्फ बाट भएका प्रयास ,निती तथा कार्यक्रमको सान्दर्भिक्ता र आबश्यक्ता ,दंगीशरण गाँउपालिकाको युवाको अबस्था ,समस्या र चुनौती,संभावना र अबसरहरु , आगामि दिनमा दंगीशरण गाँउपालिकाले युवा बिकाशका लागि अवलम्बन गर्ने नीति मध्य युवा बिकासका नीति,युवा बिकासका कार्यक्रमका बिषयमा कार्यपत्र प्रश्तुत गर्नु भएको थियो ।
निती तथा कार्यक्रम प्रश्तुत भईसकेपछि युवा सांसद शुसी डांगी,विनीता बुढाथोकी,खुसीराम चौधरी,विना भण्डारी, खुसीराम चौधरी लगाएतले निती तथा कार्यक्रम प्रती असहमती जनाउदै शिक्षीत युवालाई मात्र नभई अशिक्षीत युवा र क्षमताका आधारमा हरेक युवालाई रोजगारमुखी बनाउनु पर्ने ,२१ औँ शताब्दिमा हरेक बिधालयमा दुई बिधार्थी एक कम्प्युटर हुनुपर्ने ,ग्रामीण क्षेत्रमा रहेका बिधालयमा पनि खेल मैदान बनाउनुपर्ने ,आर्थीक स्थिती कमजोर भएका बिधार्थीलाई उच्च शिक्षा हासील गर्ने छात्रबृत्तीको ब्यबस्था गर्नुपर्ने लगाएतका सुझाव राखेका थिए ।
संसद बैठकमा प्रधानमन्त्री चक्र मिलन बि.क. ले सांसदहरुको सुझावलाई मनन गर्दै युवा निती कार्यक्रमलाई पुनःअध्ययन गरि सुझाव पेस गर्न आग्रह गर्नु भएको थियो । प्रधानमन्त्रीले बजेट र कामका आधारमा सरकारले योजनाहरु सम्पन्न गर्ने बताउनु भएको थियो । समापन कार्यक्रममा प्रदेश सभा सदस्य उत्तर कुमार वलीले युथ भिजनका रुपमा देशभर संचालन भएको नमुना युवा संसदको कार्यक्रमले दंगीशरण गाउँपालीकाका युवालाई उपलब्धिमुलक कुरा सिकाएको बताउनु भएको थियो ।
हरेक वडामा युवा संसद गठन गरी यस्तै शन्देशमूलक कार्यक्रम गरेका गाउँपालीकालाई समृद्ध र बिकासमूखि बनाउन सकिने बताउनु भएको थियो । उहाले १० वटा गाँउपालीका मध्य दंगीशरण गाँउपालीका पछाडि परेको गाँउपालीका भएकाले आज गठन भएका युवा संसदले समृद्धि बिकास गर्नुपर्ने बताउनु भयो । सो अबसरमा अध्यक्ष भागीराम चौधरीले युवाका लागी दंगीशरण गाँउपालीकाको हरेक वडामा युवा निती कार्यक्रम गर्ने प्रतीबद्धता ब्यक्त गर्नु भएको थियो ।
यस युवा निती कार्यक्रमले सकारात्मक सन्देश दिएको भन्दै अब गाउपालीकाले पनि आज प्रश्तुत भएका निती तथा कार्यक्रमलाई गाउपालीकामै लागु गरीने बताउनु भयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टिकी सिमा न्योपाने , दंगीशरण गाँउपालीका वडा न.१ का अध्यक्ष श्री प्रशाद चौधरी,जेसीजका पूर्व अध्यक्ष तथा राप्ती बबई बहुमूखी क्याम्पसका प्राध्यापक सुर्य प्रशाद शर्मा, श्री बिरेन्द्र उच्च मा.बि हेकुलीका प्रधान अध्यापक खिम राज खनाल, बिभीन्न वडाका वडा सदस्य , अभिभावकहरुको सहभागीता रहेको थियो ।
जिल्ला युवा समितीको कार्यालयको आयोजना एंव राष्ट्रिय युवा परीषद नेपालको सहयोग तथा दंगीशरण गाँउपालीकाको ब्यबस्थापनमा भएको कार्यक्रमको शहजीकरण जिल्ला युवा समितीको कार्यालयका अध्यक्ष सुरेश रावतले गर्नु भएको थियो ।