‘युवालाई सेवामुखी र उद्यमी बनाउनुपर्नेमा जोड’

दिप्तीशिखा चौधरी,तुलसीपुर १४ असार ।
युवालाई सेवामुखी र उद्यमी बनाउन बिभीन्न अभ्यासमुखी कार्यक्रम संचालन गर्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । दंगीशरण गाउँपालीका ३ चखौरामा आज देखी शुरु भएको ३ दिने नमूना युवा संसदको स्थापना र अभ्यास कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

साथै उनीहरुले युवालाई भाषण नभई काम गर्ने सिप कला सम्बन्धि कार्यक्रमहरु स्थानीय तहमा ल्याई बिभीन्न सामाजीक क्रियाकलापमा संलग्न गराउनुपर्ने बताएका थिए । यस्तै उनीहरुले राज्यले युवा सम्बन्धि ल्याएको निती ठिक छ कि छैन भनी बहस र पैरवी गरी युवाको पक्षमा राज्यलाई दवाव दिनुपर्ने कुरामा जोड दिएका थिए ।

राष्ट्रि«य युवा परिषदका अध्यक्ष शुरेस रावतको अध्यक्षता एंव दंगीशरण गाउँपालीकाका अध्यक्ष भागीराम चौधरीको प्रमूख आतीथ्यमा भएको कार्यक्रममा जिल्ला युवा समीतीका कार्यालय प्रमूख बिनोद गौतम , राष्ट्रिय युवा परिषदका सुचना अधिकारी धुर्वराज पौडेल लगाएतकाले बोल्नु भएको थियो ।

जिल्ला यूवा समितीका जिल्ला युवा समीतीको कार्यालय दाङको आयोजना एंव राष्ट्रि«य युवा परिषद नेपालको आर्थीक सहयोग तथा दंगीशरण गाउँपालीकाको ब्यबस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष सुुर्य शर्मा र राष्ट्रिय युवा परिषदका सुचना अधिकारी धुर्वराज पौडेलले राष्ट्रिय युवा परिषदका गतीबिधी , परिषदको संगठनात्मक ढाँचा,युवा समबन्धि सबैंधानीक नितीगत र कानुनी ब्यबस्था ,दरबन्दि ब्यबस्था र कार्य बिबरण,सुचनाको हक सम्बन्धि एैन , परिषदको स्थापना र कार्य सम्पादन अबधि लगाएतका बिषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको शहजीकरण गोबिन्द केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ असार १४ गते बिहिवार
प्रतिक्रिया