शरद रेग्मी, तुलसीपुर १४ असार ।
बर्षायामको सुरुवात सङै तुलसिपुर अमिलिया सडक खण्ड उच्च जोखिममा परेको छ । गत बर्ष भन्दा पनि जिर्ण अबस्थामा पुगेको सो सडकमा ठुला खाल्डाखुल्डी र नालाहरु भत्किएपछि सडक झनै जोखिममा परेको हो । गत बर्ष आएको पानिले ठाउ ठाउमा खसेको पहिरोको कारण केहिदिन सम्म आवागमण समेत अबरुद्ध हुदा सर्वसाधारण हरुले सास्ती बेहोरेका थियो ।
सो सडक एक बर्ष सम्मपनि सडक डिभिजनले मर्मतसम्भार गर्न कुनै पहल नगर्दा अझैसम्म पनि गतसालकै पहिरो सबै स्थानमा हटाउन सकेको छैन । राप्ति राजमार्गमा पर्ने सो सडक खण्डमा अहिले पनि मर्मतका लागि ठेक्का लिएको तुलसि निर्माण सेवाले झारा टार्न खोजेको स्थानीयले आरोप समेत लगाएका छन ।
मर्मतका लागि जिम्मा पाएको कम्पनीले समेत गुणस्तरीय काम नगरेको स्थानीय बासि सर्वजित खत्रीले बताएका छन । सधैं जसो उच्च जोखिममा रहेको तुलसिपुर अमिलिया सडक साघुरो भएको र यातायात सञ्चालन गर्न निकै समस्या हुने गरेको राप्ती समितिका कल्याणकारी सचिब प्रकाश् भट्टले जानकारी दिनु भयो । सम्बन्धित निकायबाट काम भन्दा कमिसनलाई प्राथमिकतामा दिदा सडकमा स्तरीय काम हुन नसकेको समेत उहाको भनाइ रहेको छ ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्री प्रसाद शर्मा का अनुसार अमिलिया सडक बिस्तार गर्न टेण्डर भैसकेको छ । अहिले बर्षातको समयमा नया बाटो बिस्तार गर्दा झन समस्या पैदाहुने भन्दै तत्कालका लागि मर्मत गर्न आफुले निर्देशन दिईसकेको बताएका छन ।यता मर्मतको कामको जिम्मेवारि पाएका तुलसि निर्माण कम्पनीका सञ्चालनक मनिराम खत्रीले मर्मतको काम सम्पन्न भैसकेको बताएका छन ।
सडक मर्मत को काम सम्पन्न भई सकेको भनेर कम्पनीले भनिरहदा उता सडक भने जस्ताको तस्तै रहेको छ । यता सो सडकको दुराबस्था देखेर सर्वसाधारण हरुले चिन्ता ब्यक्त गरेका छन । उनि हरुले तत्कालै सडक मर्मत गर्न सडक
डिभिजनको ध्यानाकर्षण समेत गराएका छन ।