तुलसीपुरको विद्युत नियमित गराउन पहल

तुलसीपुर,असार १४ ।

तुलसीपुर उपमहानगरपालिका भित्रको विद्युत समस्या समाधान ुहने भएको छ । अनियमित विद्युत र लो भोल्टेजका कारणले जनतालाई सास्ति भएपछि उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उर्जामन्त्री वर्षमान पुनलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् ।

नगरप्रमुख पाण्डेले सिमेन्ट उद्योगमा गएको विद्युतको व्यवस्थापन गरेर लो भोल्टेजको समस्या समाधान गर्न पनि आग्रह गरेका हुन् । उर्जामन्त्री पुनले तुलसीपुरमा रहेको विद्युतको समस्या समाधानका लागि आफुले पहल गर्ने वताउँदै नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ्गलाई निर्देशन समेत दिएका थिए । उनले विद्युतको समस्या सधैका लागि समाधान गर्नका लागि तिव्र गतिमा काम भइरहेको समेत वताए ।

यता नेपाल विद्युत प्राधिकरण तुलसीपुर प्रशाखा प्रमुख दिपकजंग चौधरीले लो भोल्टेजको कारणले जनताले दुख पाएको भन्दै त्यसको समाधान गर्नका लागि आफुले पहल गरिरहेको वताए । उनले तत्कालको समस्या समाधान गर्नका लागि सिमेन्ट उद्योगको व्यवस्थापन गर्न आवश्यक रहेको समेत वताए ।

प्रकाशित मिति : २०७५ असार १४ गते बिहिवार
प्रतिक्रिया