हापुरे खानेपानीमा बामको बर्चस्व

हापुरे, १३ असार । बबई गाउँपालिकामा रहेको हापुरे पुरन्धारा खानेपानी तथा सरसफाई उपभोक्ता समुहको अध्यक्षमा तिलाराम भण्डारी विजयी हुनुभएको छ । भण्डारीको नेतृत्वमा नेकपाको प्यानल विजयी भएको हो ।

यस्तै समितिको उपाध्यक्षमा खुमबहादुर बिक, सचिबमा अञ्जु घर्ती, कोषाध्यक्षमा टीकाराम खत्री, डम्बरबहादुर वली सहसचिबमा निर्बाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा केशब बिक, जितबहादुर ढेंगा मगर, लोकबहादुर कामी, देबीकला स्वती मगर, पम्फा वली र जगेश्वरी चौधरी विजयी हुनुभएको छ ।

एक हजार ८३ मतदाता रहेको समितिको निर्बाचनमा हिजो एक हजार एक मत खसेको थियो । नयाँ नेतृत्वका लागि नेकपा र नेपाली काँग्रेस दुई प्यानल बनाएर निर्बाचनमा होमिएका थिए ।खानेपानी समितिमा ६५ लाखको भ्रष्टाचार आरोप लागेपछि समितिलाई बबई गाउँपालिकाले भंग गर्दै नयाँ नेतृत्वका लागि बबई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष डम्बरबहादुर श्रीस मगरलाई निर्बाचन समितिको संयोजक तोकेको थियो । साथै भ्रष्टाचार भए नभएको छानबीनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरलाई पत्र पठाएको थियो ।

प्रकाशित मिति : २०७५ असार १३ गते बुधवार
प्रतिक्रिया