लागु औषध प्रयोग गर्नेमा १४ देखि २२ बर्ष सम्मका युवा

मिना बुढाथोकी , सल्यान १३ असार ।
लागु औषध प्रयोग गर्नेमा अहिले सबै भन्दा बढी १४ देखि २२ बर्ष सम्मका युवाहरु बढि संलग्न हुने गरको पाईएको छ । जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख भरत बिकले यस उमेर समुहले लागु औषधको प्रयोग बढी मात्रामा गर्ने गरेको बताए ।
लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिबसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रहरी प्रमुख विकले सो कुरा बताएका हुन् ।कार्यक्रममा बोल्दै उनले अर्काको देखासिकी र पारिवारीक तनावले पनि यस्तो समस्या हुने गरेको बताए । जिल्लाको हकमा अहिले बढि मात्रामा चुरोटमा गाजा मिसाएर प्रयोग हुने गरेको पाईएको प्रहरी प्रमुख बिकको भनाई छ ।
कार्यक्रममा बोल्दै शारदा नगरपालीकाका प्रमुख शुरेस अधिकारीले लागु औषध सेवनले गर्दा काम गर्ने मान्छेलाई पनि प्रभावित गर्ने गरेको बताए । नगर प्रमुख अधिकारीले आफ्नो नगरपालीका भित्र लागु औषध तथा मदिरा जन्य पदार्थ कम गर्नको लागी दोब्बर कर लगाएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी परमान्नद घिमेरेले लागु औसध नियन्त्रण तथा ओसार पसारमा सबैको सामुहिक ऐक्यबद्धता हुनुपर्ने बताए । अहिले भई रहेका अधिकाँश नराम्रा क्रियाकलापहरु मदिरा र लागु औसध सेवनका कारणले भएको हुदा यस्लाई कम गर्न सबैले कदम चाल्नु पर्ने उनले बताए ।

लागु औषध नियन्त्रण गर्न दण्ड र सजाय गर्नु भन्दा पनि सुचना लिने दिने र केही अन्य उपाय बाट सुधार गर्न सकिने बताए । कार्यक्रममा जिल्ला अस्पताल सल्यानका डा.प्रदिप शर्माले लागुऔषधको बारेमा प्रष्ट पारे । लागु औषधले नै मानिसको शरिरमा विभिन्न किसिमका रोगहरुले आक्रमण गर्ने बताउदै उनले मदिराले नै मानिसको मानसिक रुपमा र बिभिन्न अगंहरुमा नकारात्मक असर पार्ने बताए ।

स्वस्थ सबल र समृद्ध नेपालको प्रतिबद्धता लागु औषध अपराध बिरुद्धको ऐक्यबद्धता भन्ने मुल नाराका साथ सल्यानका १० वटै स्थानीयतह लगायत सदरमुकाम खलंगामा ¥याली, प्लेकार्ड र अन्र्तक्रिया कार्यक्रम गरी मनाईएको छ ।

 

प्रकाशित मिति : २०७५ असार १३ गते बुधवार
प्रतिक्रिया