तुलसीपुर,१२ असार ।
तुलसीपुर उपमहानगरपालिकाको सहयोग र विभिन्न संघसस्थाको संयोजनमा अन्तर्राष्ट्रिय लागु औषध तथा अवैध तस्करी सम्वन्धि दिवस मनाइएको छ । लागुऔषधका वारेमा वालवालिका र युवाहरुलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा वोल्दै प्रदेश नम्वर ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले सिँगो प्रदेशलाई लागु औषध ओसारपसारबाट मुक्त गर्नका लागि सबैले सचेतना फैलाउने काममा ध्यान दिनुपर्ने वताए ।
मन्त्री वरालले चाख्दा चाख्दै मान्छे लागुऔषधको कुलतमा फस्ने भएकाले वालवालिकाहरु सजग रहनुपर्ने कुरामा जोड दिए । “लागुऔषधका कारण समाज दुषित वन्दै गएको छ , यसका वारेमा हामीले वेलैमा सोच्नु आवश्यक छ ” मन्त्ती वरालले लागुऔषधको खुला ओसारपसारलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको समेत वताए ।
कार्यक्रममा वोल्दै प्रदेश सभाका सदस्य उत्तरकुमार वलीले अभिभावकले वालवालिकालाई सहि तरिकाले निर्देश गर्न नसक्दा पनि लागुपदार्थका दुव्र्यसनी वढ्दै गएको वताए । उनले यो विश्वकै समस्या भएकाले हामीले पनि वेलैमा यसका वारेमा सोच्नुपर्ने वताए । लागुऔषध दुव्र्यसनीका प्रशिक्षक एवम् नार्केनन् नेपालका अध्यक्ष वसन्त कुँवरले लागुऔषधका वारेमा प्रशिक्षण दिदै प्रत्येक घरमा ड्रग्सका वारेमा सचेतना दिन आवश्यक रहेको वताए ।
उनले विश्वमा नशालु कुराहरु ३५ सय वटा भएको वताउँदै नेपालमा ५ प्रकारका नशालु पदार्थ वढि मात्रामा प्रयोग हुने गरेको वताए । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले लागु औषध न्यूनिकरण अभियानलाई प्रभावकारी वनाउनका लागि टोवाको फ्रि वनाउने टोलविकास संस्थालाई सहयोग सम्मान र पुरस्कृत गर्नका लागि वजेटमा व्यवस्था गरिएको वताए ।
कार्यक्रम संयोजक सुरेश रावतको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।