वडाध्यक्षले दिए गरिब बालबालिकालाई स्कुल ड्रेस

तुलसीपुर, १२ असाढ /तुलसीपुर उपमहानगरपालिका–५का वडाध्यक्ष विरेन्द्रकुमार शाहले विपन्न बर्गका बालबालीकालाई स्कुल पोसाक प्रदान गर्नुभएको छ । व्यक्तिगत लगानीमा तुलसीपुर उपमहानगरपालिका ५ स्थित जन श्रमिक प्राथामिक विद्यालयमा अध्यनरत एक सय ६ जना गरिब बालबालिकालाई स्कुल पोसाक वितरण गरिएको हो ।
उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले कक्षा एक मा अध्यनरत छात्रा रोसीका परियार र कृष्ण सुनारलाई स्कुल पोसाक प्रदान गरेर वितरण कार्यक्रमको सुरुवात गर्नु भएको थियो । विद्यालयमा अति विपन्न, गरिब, दलित, जनजाति समुदायका बालबालिका अध्यनरत रहेको प्रधानाध्यापक सुशीला भट्टराईले जानकारी दिनुभयो । विद्यालयमा ६४ छात्रा र ४२ छात्रा छन् ।
यस अघि वडाध्यक्ष शाहले तुलसीपुरमै रहेको ज्ञानज्योति प्राथामिक विद्यालयमा अध्यनरत २ सय बढी बालबालिकालाई पनि स्कुल पोसाक वितरण गर्नुभएको थियो । सबै भन्दा ठूलो धर्म मानविय सेवा भएको बताउदै शाहले स्कुल पोसाक नभएकै कारण कुनैपनि बालबालिका स्कुलजानबाट बञ्चित र अपहेलित नहुन भन्ने उद्देश्यले वितरण गरिएको बताउनुभयो ।
सो अवसरमा नगर प्रमुख पाण्डेले विद्यालयमा अध्यनरत बालबालिकाई स्वस्च्छ पिउने पानिका लागि कुवा निर्माण र हिलट्याँकीका लागि ५५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रशाद वलीको अध्यक्षता भएको कार्यक्रममा तुलसीपुर नगरका शिक्षा संयोजक देवराज विश्वकर्मा, अभिभावक दिपक वली, कुलबहादुर भण्डारी, लालबहादुर लगाएतले बोलेका थिए ।

 

प्रकाशित मिति : २०७५ असार १२ गते मङ्गलवार
प्रतिक्रिया