तुलसीपुर,११ असार ।
सुरक्षा र न्याय विषयक दुई दिने पत्रकारिता तालिम आज देखी तुलसीपुरमा सुरु भएको छ । पत्रकारहरुलाई सुरक्षा र न्याय सम्बन्धि समाचार लेखनशैलीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ दाङ शखाको आयोजना तथा सर्च फर कमन ग्राउन्डको आर्थिक सहयोगमा तालिमको आयोजना गरीएको हो ।
पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षता एवं पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेललेको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरीएको हो ।
समाजमा पछाडी पारिएका महिला तथा सिमान्तकृत समुदायहरुलाई न्याय र सुरक्षा दिनका लागी पत्रकारले कसरी कलम चलाउने, उनीहरुको आवाजलाई पहुंच सम्म कसरी लैजाने, पत्रकारिताको माध्यमबाट समाजमा कस्तो भुमिका निर्बाह गर्न सकिन्छ, समाचार कसरी लेख्ने, न्यायका लागी प्रहरी समक्ष कसरी उजुरी गर्ने ,द्धन्द्ध र हिंसाको बारेमा प्रशिक्षण दिईएको थियो ।
तालिमको पहिलो दिन प्रशिक्षक विपुल पोख्रेल, सर्च फर कमन ग्राउन्डका प्रकास लुईटेल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सर्च फर कमन ग्राउन्डका जिल्ला कार्यक्रम संयोजक राजेन्द्र अधिकारीले तालिमको उद्देश्य वारेमा प्रकास पारेका थिए । दुई दिन सम्म सन्चालन हुने तालिममा जिल्लाका क्रियाशिल पत्रकार ३० जनाको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रमको सहजीकरण पत्रकार महासंघ दाङका सचिव भुपेन्द्र प्रकास वलीले गरेका थिए ।