१२ करोडमा “मनोरञ्जन उद्यान”

बिष्णुकुमार देवकोटा

दाङ असार १० / करीब १२ करोडको लगानीमा घोराही उपमहानगरपालिका वडा न. १० दक्षिण अम्राईमा “मनोरञ्जन उद्यान” को निर्माण गरीदै छ । पश्चिम नेपालमै पहिलो पटक घोराही उपममहानगरपालिका अन्तर्गत तुलसीपुर घोराही सडकखण्डको मध्यभाग साविक त्रिपुर नगरपालिका वडा नं ३ दक्षिण अम्राईमा उक्त उद्यान निर्माणाधिन रहेको फनपार्कका सेयर सदस्य पोषण बिक्रम रावतले जानकारी दिनुभयो ।

“ बढ्दो जनघनत्व तथा मनोरञ्जन स्थलको अभावको परिपुरणका लागि फनपार्क खोल्न लगेका हौ” रावत ले भन्नु भयो । फन पार्क मनोरञ्जनका लागि मात्र नभएर शैक्षिक उदेश्यका लागि सहायक सिद्ध हुने रावतले आशा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७५ असार १० गते आइतवार
प्रतिक्रिया