घोराही, ९ असार ।
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज आफ्नो नीति कार्यक्रम ल्याउने भएको छ । उपमहानगरपालिकाले सडक पूर्वाधारलाई विषेश प्राथमिकता दिँदै तेस्रो नगर सभामार्फत् हरेक क्षेत्रमा विकास गर्ने गरी नीति कार्यक्रम ल्याउन लागेको हो ।
चालु आर्थिक वर्षमा सडक पूर्वाधार विकासलाई प्राथमिकता राखेको उपमहानगरले यस वर्ष पनि ती सडकहरुको पूर्णता, स्तरोन्नति र कालोपत्रे गर्ने कार्यक्रम ल्याउन लागेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा उपमहानगरले सदरमुकामसँग प्रत्येक वडाले जोड्ने एक/एक वडा सडकलाई कालोपत्र गर्ने गरी नीति कार्यक्रम तय गरेको जनाएको छ ।
दिउँसो २ वजे नीति कार्यक्रम ल्याउने गरी तयारी भएको उपमहानगरले जनाएको छ । नगरस्तरिय वजेटसँगै वडा स्तरबाट पनि आधारभूतसहित हरेक क्षेत्रलाई मध्यनजर गर्दै बजेटलाई छुने गरी नीति कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।