तुलसीपुरको सुकौरामा एकै दिन दुई दुखद घटना, बालकको हत्या कि आत्महत्या ?

तुलसीपुर,८ असार ।

दाङ तुलसीपुर उपमहानरपालीका ११ सुकौरामा एकै दिन दुई वटा दुखद घटना भएका छन । एक जनाको खोलामा डुवेर ज्यान गएको छ भने एक बालकले घाँटिमा सल बेरेर आत्महत्या गरेको आशंका गरिएको छ ।

दिउसो साढे दुई बजेतिर माछा मार्न गएका ५६ बर्षिय शिव प्रसाद चौधरीको खोलामा डुवेर ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, सोहि गाउका ७ बर्षिय बालक सुभम गिरीले घाँटिमा सलले बेरेर आत्महत्या गरेको अनुमान गरिएको छ । घाटिमा सल बेरेर घाईते अवस्थामा रहेका गिरीलाई उपचारका लागि तुलसीपुर ल्याउने क्रममा उनको ज्यान गएको हो ।

यसबारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । बालक आफैले आत्महत्या गर्यो कि कसैले हत्या गरेको केहि भन्न नसकिने ईप्रका तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताएका छन । हिजो बालककी आमा बेहोस भएका कारण सोधपुछ गर्न नसकिएकोले आज यसबारेमा सोधपुछ गरिने उनले बताएका छन । बालकका बुवा रोजगारीका सिलसिलामा विदेश रहेका छन ।

प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रवार
प्रतिक्रिया