तुलसीपुरबाट पत्रकार विश्वकर्माको मोटरसाईकल चोरी

तुलसीपुर,८ असार ।

तुलसीपुरबाट एउटा मोटरसाईकल चोरी भएको छ । घरमा राखिरहेको अवस्थामा मोटरसाईकल चोरी भएको सवारी धनि लक्ष्मण विश्वकर्माले बताएका छन । तुलसीपुर ङ लाईन गणेश डेरी बसपार्क झर्ने बाटो नजिक घर बाहिर राखेको अवस्थामा मोटरसाईकल चोरी भएको हो । विहान उठ्दा मोटरसाईकल नभएपछि कतिवेला चोरी भएको भन्ने जानकारी छैन ।

उनि रेडियो प्रकृतिमा कार्यरत पत्रकार हुन । रा १ प ७५०६ नम्बरको डिस्कभर मोटरसाईकल चोरी भएपछि प्रहरीलाई उनले खबर गरेका छन । यता प्रहरीले भने खोजी कार्य जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रवार
प्रतिक्रिया