तुलसीपुर,६ असार ।
आगामि आर्थिक बर्षको निति तथा कार्यक्रमका लागि तुलसीपुर उप महानगरपालीकाले पत्रकारहरु संग सुझाव संकलन गरेको छ । यँहा रहेका सञ्चार माध्यमहरुलाई ब्यवस्थीत गर्नका लागि उपमहानरले सुझाव संकलन गरेको हो ।
सो अवसरमा रेडियो प्रकृतिका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले सञ्चार माध्यम संग सहकार्य नहुदा उपमहानगरले गरेका विकासका कामहरु बाहिर नआएको बताएका थिए ।
यसका लागि सहकार्य गरि अघि बढ्नु पर्ने उनको भनाई थियो । यस्तै पत्रकारहरुको लागि छुट्टै भवण बनाउन सके कुनै कार्यक्रम गर्न सहज हुने उनले सुझाव दिएका थिए । सो अवसरमा रेडियो तुलसीपुरका समाचार सम्पादक शुसिल बस्नेतले श्रमजिवि र मालिकहरु विच छलफल गरेर निति बनाउन सके श्रमजिवि कार्यान्वयन हुने बताएका थिए ।
हरेक वडामा हुने सार्वजजिनक सुनुवाई कार्यक्रममा सञ्चार माध्यम संग सहकार्य गर्नुपर्ने बताएका थिए । यस्तै राप्ती समाचार पत्रिकाका अध्यक्ष संगित बस्यालले सञ्चार माध्यमलाई टिकाउने खालको निति बनाउन आवस्यक रहेकोमा जोड दिएका थिए । यस्तै, रेडियो हाम्रो पहुचका स्टेशन म्यानेजर बसन्त पौडेलले रेडियोका सामग्रि विग्रिदा मर्मत गर्न काठमाण्डौं जानुपर्ने बाध्यताको अन्त्य गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा प्रदेश टुडे दैनिकका सम्पादक गोपाल शर्मा भट्टराईले तुलसीपुरका विज्ञापन अन्यत्र जान नहुने बताएका थिए । अन्यत्र जाने विज्ञापन यँहाका सञ्चार माध्यमलाई मात्र दिने निति बनाउन सके सञ्चार माध्यम बलियो हुने उनले बताएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख घनश्याम पाण्डेले आमसञ्चार निति बनाएर सञ्चार माध्यमहरुलाई बलियो बनाईने बताएका थिए ।
पत्रकारहरुले राखेका सुझावका आधारमा निति बनाई सञ्चार क्षेत्रलाई नमुना बनाईने उनले बताएका थिए । सञ्चार माध्यम कमजोर हुदा त्यसको असर श्रमिकमा परेको उनले उल्लेख गरेका थिए । समाज समृद्ध बनाउनका लागि सञ्चार जगतको मुख्य भुमिका रहेकोले पत्रकारहरुको पेशागत सुरक्षाको लागि निति बनाईने उनको भनाई थियो ।
कार्यक्रममा नगर प्रमुख पाण्डेका प्रेस सल्लाहकार बसन्त आचार्य, सुचना अधिकारी झरेन्द्र खरेल लगायतले बोलेका थिए ।।