नगर प्रमुख पाण्डेले भने-‘उद्यमी बन्नुस समाज समृद्ध हुन्छ’

सुधासुमन ढकाल, तुलसीपुर ४ असार ।
तुलसीपुर उपमहानगरपालीकाका नगर प्रमुख घनश्याम पाण्डेले कुनै न कुनै उद्यम शुरु गर्न नागरीकलाई आग्रह गरेका छन । वडा नं ९ मा योजना तर्जुमा गर्न आज सम्पन्न राय सुझाव संकलनका लागी भएको दोश्रो वडा भेलालाई सम्बोधन गर्दै प्रमुख पाण्डेले यस्तो बताएका हुन ।

भेलाको प्रमुख अतिथि समेत रहेका पाण्डेले ठुलो कामको प्रतिक्षामा अहिले बेरोजगार बस्न नहुने भन्दै उनले तत्कालका लागी सानै काम भएपनि सुरु गर्न सुझाव दिएका छन । त्यसैगरी उनले कृषि समूहमा लाग्ने तर लसुन, प्याज , धनिया जस्ता चिजहरु प्नि बजारबाट किनेर खाने अवस्थाको अन्त्य नभएसम्म समाज धनि बन्न नसकिने दाबी समेत गरेका छन ।

साथै उनले व्यवहारीक र दिगो विकासका योजनाहरु छनौट गर्न वडा बासीलाई आग्रह गरेका छन । वडा अध्यक्ष घनश्याम ढकालको अध्यक्षतामा सम्पन्न भेलाका सहभागीहरुले आ–आफ्ना टोलका योजनाहरुको माग गरेका छन । सो अवसरमा ९ नं वडा भित्र रहेका ३३ वटा टोल विकास संस्थाका प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

भेलामा पत्रकार संगित बस्याल, नेकपाका प्रतिनिधि बामदेव भुसाल, दिनेश डागी, नेपाली काग्रेसका मुक्तिप्रसाद न्यौपाने, वडा नागरिक मञ्चका पुर्व अध्यक्ष दुर्गाप्रसाद शर्मा, महिला स्वास्थ्य स्वंयम्सेविका रुपकली कंडेल, खिमा केसी लगायतकाले बोेलेका थिए । सामाजिक परिचालक दिपा खड्काको स्वागत मन्तव्यबाट सुरु भएको भेलाको सहजीकरण वडा सचिव गणेश आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७५ असार ४ गते सोमवार
प्रतिक्रिया