माग्ने मात्रै नबनाउन तुलसीपुरका महिलाको आग्रह

तुलसीपुर, ४ असाढ

तुलसीपुरका महिलाहरुले आफुहरुलाई माग्ने मात्रै नबनाउन आग्रह गरेका छन् ।  तुलसीपुर उपमहानगरपालिका– ६ को आयोजनामा तुलसीपुरमा संचालित महिला लक्षित योजना निर्माणका लागि छलफल तथा सुझाव संकल कार्यक्रममा उनिहरुले छलफलमा राखेका प्रस्तावित मागलाई सम्बोधन गर्न समेत आग्रह गरेका थिए ।
सो अवसरमा महिलाहरुले, अगरवत्ती, बुटिक, चिप्स, सारक्षता, सिलाईकटाई, गुडिया, च्याउखेति, दालमोट, होजेरी, कपासको वत्ती काट्ने, लेखा, सावुन बनाउने, मैनवत्ती बनाउने, नेतृत्व विकास, उद्घोषण तालिम र पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिबिर जस्ता महिला लक्षिता कार्यक्रम संचालन गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष नवराज लामीछानेले महिलाको सशक्तिकरण र उनिहरुलाई उद्यमशील बनाउन आफुहरु लागि परेको बताए । एक बर्षको अवधीमा करिब एक सय महिलालाई विभिन्न सिपमुलक तालिम सिकाएर उद्यमी बनाएको दाबी गर्दै अध्यक्ष लामीछानेले वडालाई महिला मैत्री र सबै भन्दा बढि महिला उद्यमी वडाको रुपमा विकास गर्ने बताए ।

महिला वडा सदस्य यमुना परियार र वडा सदस्य दुजमान भण्डारीले आफनो कार्यकालमा महिलालाई आर्थिक रुपले सवल र सक्षम बनाउने काममा लाग्ने बताए । कार्यक्रममा प्रभा रेग्मी, मेनका लामीछाने, दिपा धिताल, रक्षा कवँर, हरीकला वली, कौशीला सुनार, बिश्रामी चौधरी, विष्णु डाँगी, सन्तोषी चौधरी लगातएतले आ–आफना धारना राखेका थिए । कार्यक्रमको संचानल वडा सदस्य युवा कराराले गरेकी थिइन ।

 

प्रकाशित मिति : २०७५ असार ४ गते सोमवार
प्रतिक्रिया