रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

रोल्पा ३ असार ।
रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका २ रेउघा को हम्जाखोलामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा अरु तीन जना घाईते भएका छन् । रोल्पा नगरपालिकाको माडीचौरबाट लिवाङतर्फ आउँदै गरेको लु ३ त ८९३३ नम्बरको ट्रयाक्टर पल्टिंदा ट्रयाक्टरमा सवार स्वर्गद्धारी नगरपालिका बस्ने १४ बर्षीय हेमराज बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएकाहरुको जिल्ला अस्पताल रेउघा रोल्पामा उपचार सम्भव नभएपछि भैरहवा रिफर गरिएको जिल्ला अस्पताल रेउघा रोल्पाले जनाएको छ । सामान्य घाईते रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सवारी ज्यान अन्र्तगतको मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक सुर्दशन पन्थीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५ असार ३ गते आइतवार
प्रतिक्रिया