आफूखुसी कर्मचारी भर्ना नगर्न स्थानीय तहलाई निर्देशन

तुलसीपुर,२८ जेठ ।
सरकारले आफूखुसी कर्मचारी भर्ना नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । संघीय सरकारले तय गरेको दरबन्दी अन्तरिम भएको भन्दै ती दरबन्दीलाई स्थायी पद मानेर कुनै पनि प्रक्रियाको आधारमा स्थानीय तहले कर्मचारी भर्ना गर्न नहुने बताएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुनै स्थानीय तहले पदपूर्ति प्रक्रिया सुरू गरेको वा माग आपूर्ति फारम भरेर लोक सेवा आयोगमा माग गरिसकिएको भए प्रक्रिया स्थगित गर्ने र माग फिर्ता गर्न पनि मन्त्रालयले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता शुरेस अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया