तुलसीपुर,२७ जेठ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङले तुलसीपुर उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । जनमोर्चाले स्थानीय सरकारमा सुशासन कायम गराउने उद्देश्यले जिल्लाका सवै स्थानिय तहमा ज्ञापन पत्र बझाउने कार्यक्रम अन्र्तगत आज तुलसीपुर उपमहानगरपालिकामा बिभिन्न २८ बुद्धे माग सहित ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा तुलसीपुर उपमहानगरपालिकाबाट हुने गरेका हरेक बिकास निर्माणको काम पारदर्शिता हुनु पर्ने, बिद्यालय क्षेत्रलाई सेवा मुखी बनाउन, आर्थिक अनुदान न्यायपूर्ण तथा पारदर्शी बनाउन, सहज खानेपानीको ब्यबस्था गर्न, बाँझो जमिन सदुपयोग गर्न, अबैद्य उत्खनन बन्द गर्न,कृषि क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ ।
त्यस्तै सहज स्वास्थ्य उपचारको ब्यबस्था, प्राकृतिक प्रकोप पीडितलाई सहज राहात, अब्यबस्थित औद्योगिकरण निरुत्साहित गर्न, बन क्षेत्रको बिस्तार गर्न, सरकारी कार्यालयमा बिचौलियाको अन्त्य गर्न, निश्पक्ष न्याय, कर्मचारीलाइ कर्तब्यमूखी बनाउन, बिकास निर्माणलाई तिब्र पार्न, बिद्युत अनियमितको समस्या समाधान गर्न , सार्बजनीक यातायातको सेवा प्रभाबकारी बनाउन, सुकुम्बासी समस्या समाधान गर्न, शिक्षक दरबन्दी मिलान गर्न लगायतका माग राखेका थिए ।
ज्ञापन पत्र बुझाउन जनमोर्चा दाङका अध्यक्ष सहित दर्जन वढि नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । साथै आज दाङका विभिन्न सरकारी कार्यालयहरुमा कतै तपाईहरुले भ्रष्टचार गरिरहनु भएको त छैन जस्ता लेखीएको सुचना पोष्टरहरु टाँस गरीएको अध्यक्ष आचार्यले जानकारी दिएका छन् ।।