प्रशासनमा आउने सेवाग्राहीलाई शुद्ध खानेपानी

मिना बुढाथोकी , सल्यान २३ जेठ ।
जिल्ला प्रशासन कार्यलय सल्यानमा शुद्ध खानेपानी फिल्टर जडान भएपछि सेवाग्राही लाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी, राहदानी सिफारिश ,अन्य सिफरिश,मुद्दा ठाडो उजुरी लगायत विभिन्न कामका लागी आउने सेवाग्राहीले प्रशासन कार्यालय भित्र शुद्ध पिउने पानी पिउन पाउदा खुशी भएका छन् ।

शारदा नगरपालिका –१३ स्यानीखालका सुमन योगी पत्नीको नागरिकता बनाउनका लागी जिल्ला प्रशासन कार्यालय सल्यान आएको बेला प्रशासन परिसरमै शुद्ध पानी पिउन पाएकोमा खुशी भए । उनले भने,‘हामी जस्तो सेवग्राहीका लागी प्रशासन कार्यालयले खानेपानीको व्यवस्था मिलाई दिएकोमा धन्यवाद दिन चाहान्छु ।’

पति संगै नागरिता बनाउनका लागी जिल्ला प्रशासन आएकी सुमित्रा योगीले खानेपानी को व्यवस्था भएको पाउदा खुशी व्यक्त गरिन् । म पहिलो पटक जिल्ला प्रशासन कार्यालय सल्यानमा आएकी छु उनले भनिन्,‘पानी प्यास लागे पछि, शुद्ध खानेपानी लेखेको फिल्टर देखे अनि त्यहाँ गएर पानी पिउन पाइयो ।

‘जिल्ला प्रशासन कार्यालयले गरेको यस्तो उदाहरणीय काम अन्य कार्यालयले पनि गरेमा सेवा लिने सेवाग्राही लाई धेरै सजिलो हुनेथियो,उनले भनिन ।’ जिल्ला प्रशासन कार्यलय सल्यानमा आउने सेवाग्राहीहरुका लागी शुद्ध खानेपानीको ब्यवस्था गरि दिएकोमा बनगाड कुपिण्डे नपाका ६० वर्षीय डम्मर बहादुर डाँगी पनि हर्षित भएका छन् ।

‘यस अघि जिल्ला प्रशासनमा आउदा पिउने पानी खोज्न होटल तिर जानु पर्ने बाध्यता थियो उनले भने,अहिले त धारानै जडान गरेछन् । तिर्खा लाग्दा तत्कालै प्यास मेटिने भयो उनले थपे ।’ जिल्ला प्रशासन कार्यालयमा छोराको नागरिता बनाउन आएको उनले बताए ।

उनले भने,म पहिले पनि जिल्ला प्रशासन कार्यालय सल्यानमा आएको थिए त्यो बेला पानी किनेर खाने गरेको थिए, तर आज छोराको नागरीता बनाउन आउदा शुद्ध खानेपानी फिल्टर जडान गरेको रहेछ त्यही गएर पानी खाए । जिल्ला प्रशासन परिसर भित्रै पिउने पानीको व्यवस्था भएपछि यहाँ आउने सेवाग्रही खुशी भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सल्यानको आर्थिक सहयोग र जिल्ला प्रशासन कार्यलय सल्यानको समन्वयमा शुद्ध खानेपानी फिल्टर जडान गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए ।

गत सातामात्र शुद्ध खानेपानी फिल्टर जडान गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ ।
सेवाग्राही लाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले शुद्ध खानेपानी फिल्टर जडान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले बताए ।  जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सल्यानको एक लाख ७५ हजार लागतमा शुद्ध खानेपानी फिल्टर जडान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टंडनले जानकारी दिए ।

यस फिल्टरको क्षमता प्रति मिनेट २ लिटर पानी शुद्धिकरण गर्ने रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सल्यानका प्रमुख गुणनिधि पोख्रेलले जनाए । यसवाट छानिएको पानि ५० लिटर क्षमताको धारा जडित टंकीमा जम्मा हुने डिभिजन प्रमुख पोख्रेलले वताए । उनका अनुसार यस फिल्टरमा यूभि सिस्टमट वाट पानी शुद्धिकरण हुने गर्दछ ।
सेवाग्राहीको चाप रहने कार्यालय भएको यस कार्यालयमा शुद्ध खानेपानीको अभाव हुने भएकाले अव शुद्ध पानिको ब्यवस्था भएपछि सेवाग्राहीलाई सहज हुने उनको भनाई छ । यसरी कार्यालय भित्र शुद्ध खानेपानीको व्यवस्था भएपछि सेवाग्राही पनि खुशी भएका छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया