आफ्नो जन्मस्थल कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले अध्यक्ष केपी शर्मा ओली र आफूले सल्लाह गरेरै पार्टी एकतामा बेला बेला दरार देखाएको बताए । सरकारको नीति तथा कार्यक्रम ल्याउनुअघि एउटै पार्टी बनाउने सल्लाह अनुसार जेठ ३ गते आफ्नै प्रस्तावमा एकीकरण भएको उनले बताए ।
प्रचण्डले भने’पार्टी एकता हुन्छ यो दिन भनेर नहुने भन्ने बनाएर ड्याम्मै एकता घोषणा गरेको हो । जेठ २ गते विहान कमरेड केपी ओली र म बालुवाटारमा भेट भइसकेपछि अब ढिलो नगर्ने कुरा भयो । ओली कमरेडले ७ गते अघिनै गरौं भन्नुभयो । मैले भोलि मदन आश्रति स्मृति दिवसकैदिन गरौं भन्ने प्रस्ताव राखेँ, त्यही दिन भयो ।
प्रचण्डले पार्टी एकता सामान्य घटना भएको भन्दै यसले विश्वलाई नयाँ सन्देश दिएको बताए । उनले नेकपाका कार्यकर्तालाई गुटबन्दी गर्ने छुट नरहेको समेत प्रष्ट पारे । प्रचण्डले उपेन्द्र यादव समेत सरकारमा सहभागी भएपछि अब सरकारसँग दुई तिहाई बहुमत रहेको र संविधान संशोधनका लागि प्राबिधिक तथा संवैधानिक हैसियत प्राप्त भएको बताए ।