तिर्थराज ज्ञवाली
मसुरीया १८ जेष्ठ, / राप्ती गाउँपालिकाको यस आर्थिक बर्षको स्वीकृत योजना अनुसार निर्माणधिन तथा निर्माण सम्पन्न योजनाहरुको विहिवार र शुक्रवार अनुगमन गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, सव ईन्जिनियर शेषमणि पौड्याल, वडा न। ७ अध्यक्ष विद्याशरण चौधरी, वडा न। ६ अध्यक्ष बेद प्रसाद चौधरी तथा सञ्चार संयोजक तिर्थराज ज्ञवाली लगायतको योजना अनुगमन टोलीले वडा न।
७ को बड्का सिसहनियाको नाली,बाल कक्षा भवन, वडा न। ६ को होमस्टे सञ्चालन तयारी अवस्था, मझेरीयाको बाटो विस्तार, निर्माणाधीन सार्वजनीक भवन, वडा न। ३ को बसन्तापुर सिचाई कुलो, खुरुरिया वाटो, वडा न। २ को निमार्णाधिन बाटोहरुको अनुगमन गरिएको छ । अनुगमनको क्रममा निर्माण उपभोक्ता समितिका सदस्यहरु, स्थानिय नागरिकहरु संग सोधपुछ तथा छलफल गरिएको छ ।
अनुगमनको क्रममा ५० लाख वढि लागत बरावरको योजनाको अनुगमन गरिएको छ ।