सम्वृद्धिका लागि पुराना घाउ विर्सनु पर्छ: मन्त्री ज्वाला

रमेश कुमार वली, सल्यान १८ जेठ ।

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले देशलाई सम्पन्न वनाउने हो भने द्वन्द्वकालिन घाउ विर्सनु पर्ने वताउनु भएको छ । सदरमुकाम खलंगामा शसस्त्र द्वन्द्वका समयमा मारिएका तथा वेपत्ता पारिएकाहरुको सम्झनामा निर्माण गरिएको शान्ति स्मारकको बिहीबार अनावरण गर्दै द्वन्द्वकालिन पुराना घाउ विर्सेर देशको सम्वृद्धिमा लाग्न आग्रह गर्नु भएको हो ।

नेपालमा भइरहेका विभिन्न आन्दोलनले देश संघिय गणतन्त्रमा आएको भन्दै ज्वालाले नेपालीहरुले द्वन्द्वकालिन पिडाहरु छोटो समयमा विर्सेर मेलमिलापमा लागेको वताउनु भयो । “द्वन्द्वमा फसेर शान्तिमा फर्केका धेरै देशहरुमा द्वन्द्वकालिन मुद्दाहरु उठिरहेका हुन्छन तर नेपालमा भने द्वन्द्व सकिएको छोटो समयमै गाउमा मिलेर वसेका छन्” ज्वालाले भन्नुभयो ।

शसस्त्र द्वन्द्वमा मारिएका तथा वेपत्ता पारिएकाहरुको योगदानले नै देशले दिशा परिवर्तन गरेको भन्दै स्मारकले पछिल्ला पुस्ताहरुलाई समेत सम्झना दिलाउने वताउनु भयो । “हिजो पार्टीका आ आफनै मुद्धाहरु थिए होला विचार थिए होला तर आज देशलाई समुन्न्त वनाउनका लागि हामी एकठाउमा उभिएका छौ हिजोको द्वन्द्वकालिन आक्रोशलाई अव रुपान्तरण गरेर सम्वृद्धिमा लाग्न आवश्यक छ” मन्त्री ज्वालाले भन्नुभयो ।

कार्यक्रममा शान्ति स्मारकको संरक्षण तथा सुरक्षाका लागि स्मारकको साँचो शारदा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । शारदा नगरपालिकामा निर्माण गरिएको स्मारकले द्वन्द्वकालमा सल्यान जिल्लामा मारिएका तथा वेपत्ता परिएकाहरुको इतिहास झल्काउने भएकोले नगरपालिकाले संरक्षण गर्ने शारदा नगरपालिकाका उपप्रमुख सावित्रा वस्नेतले वताउनुभयो ।

स्मारककको साँचो वुझदै उपप्रमुख वस्नेतले शान्ति चोकलाई पार्कको रुपमका विकास गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । हरप्लेस सल्यानको आयोजनामा निर्माण गरिएको स्मारकमा द्वन्द्वकालमा सल्यान जिल्लामा ३ सय १० जना जनाले ज्यान गुमाएका थिए भने ३९ जना अझै वेपत्ता रहेका छन् । कुल ६ लाख ४६ हजारको लागतमा स्मारक निर्माण गरिएको हरप्लेस सल्यानका कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया