झाडापखलाबाट प्रभावित हुनेको संख्या बाह्र सय पुग्यो

ओपेन्द्र बस्नेत
तुलसीपुर, १३ जेठ / दाङका शान्ति नगरगाउँपालिकामा एक्कासी फैलिएको झाडापखला नियन्त्रणमा आएको छ । झाडापखलाका बिरामीको उपचारमा ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएपछि झाडापखाला नियन्त्रणमा आएको जिल्ला जनश्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेल जानकारी दिए ।
जनश्वास्थ्य प्रमुख पोख्रेलका अनुसार आइतबार दिउसो सम्म एक हजार दुई सय २० जना झाडापखलाका बिरामीले उपचार सेवा पाएका छन् । झाडापखलाको महामारी फैलिएको खबर संचार माध्यममा सार्वजनिक भएपछि आइतबार विहानै देखि नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डा तुलसीपुर, उपक्षेत्रीय अस्पताल घोराही, राप्ती अंचल अस्पताल तुलसीपुर, जिल्ला जनश्वास्थ्य कार्यलय घोराहीबाट बिरामीको उपचारका लागि ठूलो मात्रामा स्वास्थ्य कर्मीको टोली परिचालन गरिएको थियो । बिरामीको उपचारका लागि गाउँ गाउँमाबाट एम्बुलेन्समा बिरामीलाई स्वास्थ्य चौंकी सम्म ल्याउने र उपचार पछि घर सम्म पु¥याउने व्यवस्था गरिएको थियो ।
शनिबार दिउसो देखि आइतबार मध्यान्ह सम्म तीन वटा एम्बुलेन्सलाई बिरामी ओसारपसारका लागि शान्तिनगर गाउँपालिकाले निशुल्क व्यवस्था गरेको थियो ।

शनिबारको तुलनामा बिरामीको चाप ह्वात्तै बढे पनि कम जोखिमपूर्ण रहेको जनस्वास्थय प्रमुख पोख्रेलले बताए । यो समाचार तयार पार्दा सम्म चिरेघाट स्वास्थय चौंकीमा ३ जना, राप्ती अंचल अस्पतालमा १५ र नेपालगञ्ज एक जनाको उपचार भइरहेको स्वास्थ्य चौंकी इन्चार्ज हरी पुनले जानकारी दिए ।

दुषित पानीका कारण शान्तिनगर गाउँपालिकाको वडा नंं. ३ को पातेटाकुरा, गाहा टोल, एकली, अधेरे, गनारी र वडा नंं. ४ को रोइनीघारी र कजेरीका स्थानीय वसाीन्दामा झाडापखलाको प्रकोप फैलिएको थियो । झाडापखला गाउँ देखि प्रहरी चौकी सम्म फैलिएको थियो ।  आइतबार माईलीपानी उपभोक्ता तथा सरसफाई समितिको मुहान नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले सरसफाई गरेका छन् । केहि दिन अघि भएको बर्षातका कारण धमीलो पानी खानेपानीको मुहानमा पसेकाले झाडा पखाला फैर्लि पछि मुहान सरसफाई गरिएको हो ।
झाडापखला प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द

यसैविच रोग प्रभावित क्षेत्रमा दुई दिनका लागि शैक्षिक संस्था वन्द गरिएको छ । गाउँपालिकामा रहेको विपि माध्यामिक विद्यालय र हुमचन्द्र विद्यालय मंगलबार सम्मका लागि बन्द गरिएको स्थानिय पत्रकार निराश पाण्डेले जानकारी दिए । पत्रकार पाण्डेका अनुसार खानेपानीको रिर्पोट नआउँदा सम्म माईली खानेपानी उपभोक्ता समितिले वितरण गर्दै आइरहेको पानी पिउन रोक लगाइएको छ । पानीको वैकल्पिक प्रयोजनका लागि पानी टयाङकरलाई गाउँगाउँमा पु¥याएको छ ।

 

 

 

 

प्रकाशित मिति : २०७५ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया