भित्ते पत्रिका लेखन तालिम सम्पन्न

विजौरी, जेठ १३ गते
२ दिने भित्ते पत्रिका लेखन तालिम एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९को आर्थिक सहयोग र  बाल संजालको आयोजनामा तालिमको सम्पन भएको हो । बाल संजालका अध्यक्ष लिलाधर नेपालीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर उन्नाइसका वडाध्यक्ष रामवहादुर  वलीको प्रमुख आतिथ्यता तथा वडा सदस्य केशर बहादुर पुनको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्ने वक्ताहरुले वालवालिका लागि राखियो भित्ते पत्रिका लेखनले केहि उपलब्धी भएको वताएका थिए ।

उक्त समापन कार्यक्रममा १९ का वडासदस्य देउकली नेपाली, नव जागरण मा.वि.का विद्यालय व्यवस्थापक समितिका अध्यक्ष वेद प्रसाद भुसाल, सामाजिक परिचालक खिमा चौधरी, सहभागी आर्जू नेपाली, वेद प्रसाद सुनार, संगित डिलाइट दहाल लगाएतकाले वोलेका थिए ।  वडा नम्बर उन्नाइसका बयालिस जना बालबालिकाहरूको सहभागिता रहेको उक्त तालिमका प्रशिक्षकहरूमा पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेल साक्षीखबर साप्ताहिकका प्रकाशक सम्पादक राकेश बस्नेत रहनु भएको थियो । सहसचिव लक्ष्मीप्रसाद देवकोटाले कार्यक्रमको सहजीकरण गरेका थिए थिए ।

प्रकाशित मिति : २०७५ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया