नवीन अभिलाषी
दाङ, जेठ १३ । स्मार्ट विद्यालय निर्माणार्थ यहि जेठ १५ गते देखि सुरु हुने घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सब २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । मुल आयोजक समितिले सोमबार विद्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सब २०७५ को तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीपुरमा रहेको मावि डाँडागाउँ गोग्लीलाई स्मार्ट विद्यालय निमाणार्थ शैक्षिक तथा धार्मिक महोत्सब २०७५ सञ्चालन हुन थालेको हो । जेठ १५ देखि २२ गतेसम्म सञ्चालन हुने घोराही डाडाँगाउँ गोग्ली शैक्षिक तथा धार्मिक महोत्सबको बारेमा जानकारी दिने उदेश्यले आयोजना गरीएको पत्रकार सम्मेलनमा विद्यालयको ईतिहास, विद्यालयले हाल गरीरहेका काम र धार्मिक महोत्सब सञ्चालन गर्नुको उदेश्यको बारेमा जानकारी गराएको हो । महोत्सब मुल आयोजक समितिका संयोजक खुशलराम शर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।
पत्रकार सम्मेलनमा धार्मिक महोत्सबको बारेमा जानकारी दिदै विद्यालयका प्रधानाध्यापक सतिश आचार्यले विद्यालयको ईतिहास पुरानो भएपनि समानुपातिक रुपमा विकास हुन नसकेको बताउनुभयो । २००८ सालमा स्थापना भएको विद्यालयले विभिन्न आरोह अबरोह पार गर्दै उच्च माध्यामिक तह सम्मको मान्यता प्राप्त गर्दै प्लस टु सम्मको कक्षा सञ्चालन गर्दै आएको प्रधानाध्यापक आचार्यले जानकारी गराउनु भयो । गत शैक्षिक सत्र देखि सामुदायीक विद्यालयमा प्राविधिक शिक्षाको थालनी गरेको विद्यालयले अब नमुना विद्यालय सञ्चालनार्थ धार्मिक महोत्सब सञ्चालन गर्न थालेको जानकारी दिनुभयो ।