रोटरी क्लवद्धारा लामिछानेलाई स्वागत तथा सम्मान

तुलसीपुर,१२ जेठ ।
रोटरी क्लव अफ तुलसीपुर सिटीले आज एक कार्यक्रमको आयोजना गरी मिडवेष्टर्न इन्टर्नेशनल कलेज अफ हस्पिटालिटी मेनेजमेन्ट तुलसीपुरका संस्थापक तथा प्रवन्ध निर्देशक असिताभ लामिछानेलाई सम्मान गरेको छ । रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानवावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्धक निर्देशक लामीछानेलाई क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठले खादा ओढाएर स्वागत एवं सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै प्रबन्धक निर्देशक लामीछानेले घर आएका पाहुनालाई जसरी सम्मान र खुशीका साथ स्वागत गरिन्छ त्यसरी नै होटल, हस्पिटल, एअर लाईन्स लगायत हरेक क्षेत्रमा पनि राम्रो आचरण र व्यबहार गर्न सिक्नुपर्ने बताएका छन् । साथै उनले दाङ बिदेशी पर्यटकको लागि आकर्षक केन्द्र विन्दु बन्न सक्ने सम्भावना भएकाले उनिहरुलाई गरिने आतिथ्यतामा कुनै कमि कमजोरी नहोस् भन्ने आफ्नो चाहना रहेको र यसको लागि अतिथी सत्कारको आधारभुत ज्ञान सवैले सिक्नुपर्ने उनको भनाई थियो ।
सो अवसरमा क्लबका पूर्व अध्यक्ष कुशल तर्ताल, बिजय केसी, भावी अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, प्रस्तावित अध्यक्ष देव बहादुर केसी, मर्यादापालक दुर्गा बहादुर केसी लगायतले बोलेका थिए ।कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका भावी अध्यक्ष रुपेश शर्माले लामिछानेको परिचय गराउदै उनलाई मायाको चिनो प्रदान गरीएको थियो ।रोटरियन राजिव वलीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा रोटरियन देवेन्द्र केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव सन्दिपन रिजालले गरेका थिए ।

प्रकाशित मिति : २०७५ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया